मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
बक्स अफिस

छक्का पन्जा ४ बन्यो सर्वाधिक कमाई गर्ने चलचित्र, अरुले कति कमाए ? (सूचीसहित)

बिहीबार, ०४ साउन २०८०, १६ : १५
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/०८० नेपाली फिल्मका लागि लाभदायक सिद्ध हुन सकेन । करिब एक दर्जन फिल्मले राम्रो व्यवसाय गरे भने धेरै फिल्मको लगानी स्वाहा भयो ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को बक्स अफिस रिपोर्ट अनुसार यो वर्ष नेपाली, अङ्ग्रेजी र हिन्दी गरेर जम्मा १३५ चलचित्र प्रदर्शनमा आएका छन् । ती मध्य नेपालमा धेरै व्यवसाय गर्ने तीन फिल्ममा नेपाली फिल्म ‘छक्का पन्जा ४’, ‘जारी’ र ‘प्रेम गीत ३’ परेका छन् । 

धेरै कमाउने दश फिल्म

सार्वजनिक गरिएको सूची अनुसार यो वर्ष धेरै कमाउने नेपाली फिल्ममा ‘छक्का पन्जा ४’ एक नम्बरमा परेको छ । फिल्मले १७ करोड ५२ लाख बढी व्यवसाय गरेको छ ।

त्यस्तै  दोस्रो सूचीमा आएको जारीले १७ करोड १७ लाख बढी कलेक्सन गरेको छ । यो सूचीको तेस्रो नम्बरमा प्रेम गीत ३ आएको छ । फिल्मले ७ करोड ७० लाख बढी कलेक्सन गरेको छ । 

त्यस्तै महापुरुष ७ करोड ३८ लाख र दुई नम्बरी ३ करोड ८४ लाख आम्दानी गर्दै चौथो र ५ औँ स्थानमा परेको छ ।  त्यस्तै फिल्म फूलबारीले ३ करोड ५३ लाख,  झिँगेदाउले ३ करोड ४१ लाख,  के घर के डेराले २ करोड ६५ लाख, प्रेम गीत ३ हिन्दीले २ करोड २७ लाख र प्रकाशले १ करोड ७५ लाख कमाएको छ । 

विदेशी  फिल्ममा हिन्दी फिल्म पठानले सर्वाधिक कमाइ गरेको छ । सो फिल्मले गत आर्थिक वर्ष २०७९–०८० मा प्रदर्शनका क्रममा १३ करोड भन्दा बढी आम्दानी गरेको हो । 
यस्तै दोस्रो नम्बर अवतार : द वे अफ वाटरले आफ्नो स्थान सुनिश्चित गर्दा क्रमशः ब्रह्मास्त्र पार्ट वानः शिव, दृश्यम् २, उचाही, कन्तरा, किसी का भाइ किसीका जहान, ब्ल्याक पार्टनर, आदिपुरुष र लालसिंह चड्डा शीर्ष स्थानमा छन् । 
 

आर्थिक वर्षभर बक्स अफिसमा कमाइ गरेका फिल्महरुको सूची

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप