१० वर्षकी घरेलु सहयोगीलाई कुटपिट गरेको भन्दै महिला पाइलट र उनका श्रीमान्लाई रामधुलाइ
१० वर्षकी घरेलु सहयोगीलाई कुटपिट गरेको भन्दै महिला पाइलट र उनका श्रीमान्लाई भीडले रामधुलाइ गरेको छ ।
घटना भारतको हो । ३३ वर्षकी पूर्णिमा बाग्ची र उनका ३६ वर्षका श्रीमान्ले दिल्लीको द्वारकास्थित आफ्नो घरमा बालिकालाई घरेलु कामदारका रूपमा राखेका थिए ।
ती बालिका पछिल्लो दुई महिनादेखि उक्त घरमा काम गरिरहेकी थिइन् । उनीमाथि कुटपिट हुने गरेको र शरीरभरी नीलडाम भएको भन्दै बालिकाका रिसाएका आफन्त यो जोडीको घरमा हुल बाँधेर गएका थिए ।
बुधवारको यो घटनामा समूहले ड्रेसमै भएकी पाइलटलाई अफिस जाने क्रममा तानेर कुटपिट गरेको थियो ।
पूर्णिमाले सुरुमा उक्त समूहलाई आफ्नो घरमा प्रवेश गर्न रोकेकी थिइन् तर उनलाई कपाल समातेर भीडले आफूतिर तानेर लगे । यति बेला उनका श्रीमान् कौशिकले उनलाई जोगाउन खोजिरहेका थिए । त्यसपछि स्थानीयले यी दुबैमाथि बाटोमै धक्का मुक्का गर्न थाले ।
रोइरहेकी बालिकाको अनुहारमा नीलडाम थियो । आँखामा रगत जमेको थियो । पाखुरामा लुगामा लगाउने आइरनले पोलेको जस्तो दाग थियो । उनले टाढै बसेर सबै दृश्य हेरिरहेकी थिइन् ।
कौशिकलाई पुरुष समूहले तान्यो । उनलाई जथाभाबी मुक्का हानियो । यस्तै महिलाको समूहले पूर्णिमाको कपाल तान्नसम्म ताने ।
त्यसपछि पूर्णिमाले रिसाएका स्थानीयसामु आफू र आफ्ना श्रीमान् लाईछोडिदिन विन्ति गरिन् ।
आफूलाई भीडबाट छुटाएपछि कौशिक श्रीमती भए ठाउँ दौडिए र छुटाउन सफल भए । त्यसपछि यी दुई आफ्नो गेट भएको घरभित्र जान सफल भए ।
द्वारकाका प्रहरी अधिकारी हर्ष एम वरदानले भने, ‘बिहान ९ बजे एक बालिकालाई उनको रोजगारदाताले कुटपिट गरेको भनेर फोन आएको थियो ।’
‘एउटा घरमा पछिल्लो दुई महिनादेखि ती बालिकालाई घरेलु कामदारको रूपमा राखिएको पाइयो । त्यो जोडीले उनीमाथि अत्यधिक कुटपिट गरिरहेका थिए । बालिकाको एक आफन्तले बुधवार यसबारे जानकारी पाइन् ।’
वरदानले कौशिक र पूर्णिमालाई कुटपिट गर्ने भीडलाई पनि कारबाही गरिने बताए ।
दिल्ली महिला आयोगकी प्रमुख स्वाती मालीवलले ‘निर्दयी’ जोडीको निन्दा गर्दै दिल्ली प्रहरीलाई दुर्व्यवहार सम्बोधन गर्न आग्रह गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण