आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

१० वर्षकी घरेलु सहयोगीलाई कुटपिट गरेको भन्दै महिला पाइलट र उनका श्रीमान्‌लाई रामधुलाइ

बिहीबार, ०४ साउन २०८०, १७ : १५
बिहीबार, ०४ साउन २०८०

१० वर्षकी घरेलु सहयोगीलाई कुटपिट गरेको भन्दै महिला पाइलट र उनका श्रीमान्‌लाई भीडले रामधुलाइ गरेको छ ।

घटना भारतको हो । ३३ वर्षकी पूर्णिमा बाग्ची र उनका ३६ वर्षका श्रीमान्‌ले दिल्लीको द्वारकास्थित आफ्नो घरमा बालिकालाई घरेलु कामदारका रूपमा राखेका थिए । 

ती बालिका पछिल्लो दुई महिनादेखि उक्त घरमा काम गरिरहेकी थिइन् । उनीमाथि कुटपिट हुने गरेको र शरीरभरी नीलडाम भएको भन्दै बालिकाका रिसाएका आफन्त यो जोडीको घरमा हुल बाँधेर गएका थिए ।

बुधवारको यो घटनामा समूहले ड्रेसमै भएकी पाइलटलाई अफिस जाने क्रममा तानेर कुटपिट गरेको थियो ।

पूर्णिमाले सुरुमा उक्त समूहलाई आफ्नो घरमा प्रवेश गर्न रोकेकी थिइन् तर उनलाई कपाल समातेर भीडले आफूतिर तानेर लगे । यति बेला उनका श्रीमान् कौशिकले उनलाई जोगाउन खोजिरहेका थिए । त्यसपछि स्थानीयले यी दुबैमाथि बाटोमै धक्का मुक्का गर्न थाले । 

रोइरहेकी बालिकाको अनुहारमा नीलडाम थियो । आँखामा रगत जमेको थियो । पाखुरामा लुगामा लगाउने आइरनले पोलेको जस्तो दाग थियो । उनले टाढै बसेर सबै दृश्य हेरिरहेकी थिइन् । 

कौशिकलाई पुरुष समूहले तान्यो । उनलाई जथाभाबी मुक्का हानियो । यस्तै महिलाको समूहले पूर्णिमाको कपाल तान्नसम्म ताने ।

त्यसपछि पूर्णिमाले रिसाएका स्थानीयसामु आफू र आफ्ना श्रीमान् लाईछोडिदिन विन्ति गरिन् । 

आफूलाई भीडबाट छुटाएपछि कौशिक श्रीमती भए ठाउँ दौडिए र छुटाउन सफल भए । त्यसपछि यी दुई आफ्नो गेट भएको घरभित्र जान सफल भए ।

द्वारकाका प्रहरी अधिकारी हर्ष एम वरदानले भने, ‘बिहान ९ बजे एक बालिकालाई उनको रोजगारदाताले कुटपिट गरेको भनेर फोन आएको थियो ।’

‘एउटा घरमा पछिल्लो दुई महिनादेखि ती बालिकालाई घरेलु कामदारको रूपमा राखिएको पाइयो । त्यो जोडीले उनीमाथि अत्यधिक कुटपिट गरिरहेका थिए । बालिकाको एक आफन्तले बुधवार यसबारे जानकारी पाइन् ।’

वरदानले कौशिक र पूर्णिमालाई कुटपिट गर्ने भीडलाई पनि कारबाही गरिने बताए ।

दिल्ली महिला आयोगकी प्रमुख स्वाती मालीवलले ‘निर्दयी’ जोडीको निन्दा गर्दै दिल्ली प्रहरीलाई दुर्व्यवहार सम्बोधन गर्न आग्रह गरेकी छिन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप