बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रपति सी र पूर्वअमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता

बिहीबार, ०४ साउन २०८०, २१ : २६
बिहीबार, ०४ साउन २०८०

वेइजिङ् । चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिञ्जरबीच दायुताई राजकीय विश्राम गृहमा भेटवार्ता भएका छन् ।

सन् सत्तरीको दशकमा चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनामा विदेशमन्त्री किसिञ्जरले अहम् भूमिका निर्वाह गरेका थिए । त्यसबेला उनी अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लहकार थिए। एकसय वर्षीय किसिञ्जरको यो एकसयाँै चीन भ्रमण हो ।

राष्ट्रिय सुरक्षा सल्लाहकार किसिञ्जरको भ्रमणपछि तत्कालीन अमेकिरीकी राष्ट्रपति रिचर्ड निक्सनको ऐतिहासिक चीन भ्रमण भएको थियो । विश्वमानचित्रमा एक्लिएको चीन अमेरिकासँग सम्बन्ध स्थापना गरेसँगै उत्पादन उद्योगका लागि विश्वकै कारखाना बनेको छ ।

नोबेल शान्ति पुरस्कार प्राप्त वरिष्ठ कूटनीतिज्ञ किसिञ्जरले गत मे २७ मा आफ्नो एकसयाँै जन्मदिवस मनाएका थिए। जन्मदिवस मनाएपछिको यो उनको एकसयाँै चीन भ्रमण हो ।- (रासस/एएफपी) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप