गरुडा नगरपालिकाद्वारा किसानलाई कृषि उपकरण वितरण
रौतहट । रौतहटको गरुडा नगरपालिकाद्वारा किसानहरू लाई विभिन्न प्रकारको कृषि उपकरण वितरण गरिएको छ।
बिहीबार एक समारोहबीच मेयर कन्थमणि जैसवालको प्रमुख आतिथ्यमा गरुडा कृषि विकाश शाखाद्वारा किसानलाई कृषि उपकरण वितरण गरिएको हो।
तेलहन बाली तथा मकै वाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत आयोजना गरिएको कृषि सामाग्री वितरण कार्यक्रममा दुई हर्षपावरको मोटर ३० थान, पाँच हर्षपावरको पाम्पसेट तीन थान, भपलेतर साता थान, औषधी छर्किने ट्याङ्की ३० थान र खेत खेतमा पानी पुर्याउन डेलीवरी पाइप पाँच सय किलो अर्थात पाँच कुइन्टल वितरण गरिएको मेयर जैसवालले बताए । समारोहलाई सम्बोधन गर्दै मेयर जैसवालले गरुडा नगरपालिकाले अगामी दिनमा पनि कृषि क्षेत्रमा लागेका कृषकलाई प्रोत्साहन गर्नेगरी तथा कृषि पेसालाई सम्मानित पेसाको रूपमा स्थापित गराई गौरवान्वित अनुभूति गराउने कार्यहरू गर्ने प्रतिबद्धता जनाएका थिए।
उक्त अवसरमा वडा अध्यक्ष राम विनोद साह, एमाले नेता शेख कलिमुल्लाह , लगायत जनप्रतिनिधि तथा दर्जनौँ किसानहरूको उपस्थिती रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण