महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदन एनजिओको विसलिस्ट जस्तो : राणा
काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदन एनजीओको विसलिस्ट जस्तो भएको बताएकी छन्। आरजुले महामन्त्रीको प्रतिवेदन भनेपछि राजनीतिक दस्तावेज आउला भन्ने ठानेकोमा त्यो केवल एनजीओको विसलिस्टजस्तो भएको बताएकी हुन्।
उनले भनिन्, ‘यसपटक महामन्त्रीको प्रतिवेदनमा कुनै राजनीतिक दस्तावेज आउँछ होला भन्ने सोचेको थिएँ। त्यो एक एनजीओको विसलिस्ट जस्तो लाग्यो। कार्यक्रम धेरै गर्ने अनि त्यसको रिजल्टचाहीँ के त ? योभन्दा दुई तीनवटा उपलब्धिमुलक कार्यक्रम गरौं र त्यो परिणाममुखी बनाऔं।’
उनले पार्टीले आफ्नो दिशा तय गर्नुपर्नेसमेत बताएकी छन्। राणाले थपिन्, ‘हामी सुशासनका लागि कति तयार छौं। म प्रधानमन्त्रीको धर्मपत्नी रहेर के रहेछ भनेर बुझ्दा हाम्रा पार्टीबाट मन्त्रीहरु हुने र उहाँहरुको सिक्दासिक्दै कार्यकाल सकिने देखिन्छ।’
उनले पार्टीको घोषणापत्रसँग सरकारको नीति र नियमहरु कहाँ मेल खान्छ भनेर हेर्नुपर्ने र त्यहीअनुसार कार्यक्रम गर्नुपर्ने बताएकी छन्। उनले संगठनका हकमा संख्या बढाएर मात्र केही नहुने पनि बताएकी छन्।
क्रियाशील लिनुअघि प्रशिक्षण दिएर मात्र सदस्यता अप्रुभ गर्नुपर्ने उनले बताएकी छन् । उनले भनिन्, ‘प्रशिक्षण सञ्चालन गर्नुपर्छ। प्रशिक्षणबाट पार्टी के हो, पार्टीमा किन लाग्ने भन्ने सबै बुझेपछि र प्रतिबद्ध भएपछि मात्रै क्रियाशील सदस्यता दिनुपरर्छ।’
नयाँ पार्टीले सदस्यता बढायो भनेर त्यसको पछि दौडिन आवश्यक नभएको पनि उनले बताएकी छन्। उनले महिलाहरुका लागि निर्वाचन क्षेत्र छुट्याउनुपर्ने समेत बताएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण