वित्त आयोगले बुझायो प्रदेश प्रमुख शेरचनलाई प्रतिवेदन
बुटवल । लुम्बिनी प्रदेश राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ । आयोगले शुक्रबार प्रदेश प्रमुखसमक्ष प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा सङ्घीय विभाज्य कोषबाट सङ्घ ,प्रदेश र स्थानीय तहमा हुने राजस्व बाँडफाँट , वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी लगायतका विषय समेटिएको छ ।
आयोगका सदस्य जुद्धबहादुर गुरुङले लुम्बिनी प्रदेश सरकारले समयमा राजस्व रकम बाँडफाँट नगरेको बताए । प्रतिवेदन बुझाउँदै उनले अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार प्रदेश सरकारले स्थानीय सरकारहरूलाई समयमै राजस्व रकम बाँडफाँट नगरेको आरोप लगाएका हुन् ।
ऐनको दफा ६ ‘क’ को उपदफा ५ मा भएको व्यवस्थाअनुसार मासिक रूपमा बाँडफाँट गर्नुपर्ने राजश्व चौमासिक रूपमा बाँडफाँट गरेको देखिएको छ । प्रतिवेदनमार्फत आयोगले प्रचलित कानुन अनुरूप नै मासिक रूपमा राजश्व बाँडफाँट गर्न सुझाव दिएको छ । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले अयोगले दिएका सुझावलाई कार्यान्वयन गर्नको लागि सरकारलाई निर्देशन दिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण