मुख्यमन्त्री जम्कट्टेलको प्रश्न : अवैध सुन समातेको विरोधमा जुलुस निकाल्ने एमालेलाई के भन्ने ?
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अवैध सुन नेपाल भित्र्याउन एमालेको संलग्नता रहेको छ कि ? भन्दै प्रश्न गरेका छन् । शनिवार दिउँसो सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै मुख्यमन्त्री जम्कट्टेलले एमाले अवैध सुन ल्याउनमा सहभागी छ ? भन्दै प्रश्न गरेका हुन् ।
उनले अवैध रूपमा ल्याइएको सुन समात्न सफल भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री लगायतलाई बधाई दिनुपर्नेमा एमालेले विरोधमा जुलुस निकालेकोप्रति आफू प्रतिक्रियाविहीन भएको बताए । एमोलेले अवैध सुन समात्नु हुँदैन भन्न खोजेको हो ? भन्दै मुख्यमन्त्री जम्कट्टेलले प्रश्न समेत गरेका छन् ।
‘अवैध रूपमा लुकाई छिपाई ल्याएको र राजश्व छली गरी एयरपोर्टबाट बाहिर निकाली सकेको अवस्थामा कर्मचारीहरूको सक्रियतामा १०० किलोभन्दा बढी अवैध सुन समातियो र सरकारको नियन्त्रणमा आयो’ उनले भनेका छन्, ‘वर्तमान सरकारको नेतृत्व सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यु, गृहमन्त्रीज्यु लगायत सबैलाई बधाई दिनुपर्नेमा अवैध सुन समातेको विरोधमा सडकमा राँके जुलुस निकाल्ने एमाले पार्टीलाई के भन्ने ? के अवैध सुन समाउनु हुँदैन भनेको हो ? कि एमाले अवैध सुन ल्याउनमा सहभागी छ ? नत्र अलिकति लाज लाग्नुपर्ने होइन र ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्योलमा धुलिखेल–खावा सडक: ठेक्का रद्दपछि पनि पुनर्निर्माण प्रक्रिया अघि बढ्न सकेन
-
हचुवाको भरमा रुग्ण उद्योगको सञ्चालन नगरौँ
-
सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित
-
मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित
-
इरानले फेरि इजरायलमा हान्यो क्षेप्यास्त्र, तेहरानमा पनि विस्फोट
-
धवलपछि रवीन्द्र मिश्र पनि अदालतमा उपस्थित