मुख्यमन्त्री जम्कट्टेलको प्रश्न : अवैध सुन समातेको विरोधमा जुलुस निकाल्ने एमालेलाई के भन्ने ?
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अवैध सुन नेपाल भित्र्याउन एमालेको संलग्नता रहेको छ कि ? भन्दै प्रश्न गरेका छन् । शनिवार दिउँसो सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै मुख्यमन्त्री जम्कट्टेलले एमाले अवैध सुन ल्याउनमा सहभागी छ ? भन्दै प्रश्न गरेका हुन् ।
उनले अवैध रूपमा ल्याइएको सुन समात्न सफल भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री लगायतलाई बधाई दिनुपर्नेमा एमालेले विरोधमा जुलुस निकालेकोप्रति आफू प्रतिक्रियाविहीन भएको बताए । एमोलेले अवैध सुन समात्नु हुँदैन भन्न खोजेको हो ? भन्दै मुख्यमन्त्री जम्कट्टेलले प्रश्न समेत गरेका छन् ।
‘अवैध रूपमा लुकाई छिपाई ल्याएको र राजश्व छली गरी एयरपोर्टबाट बाहिर निकाली सकेको अवस्थामा कर्मचारीहरूको सक्रियतामा १०० किलोभन्दा बढी अवैध सुन समातियो र सरकारको नियन्त्रणमा आयो’ उनले भनेका छन्, ‘वर्तमान सरकारको नेतृत्व सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यु, गृहमन्त्रीज्यु लगायत सबैलाई बधाई दिनुपर्नेमा अवैध सुन समातेको विरोधमा सडकमा राँके जुलुस निकाल्ने एमाले पार्टीलाई के भन्ने ? के अवैध सुन समाउनु हुँदैन भनेको हो ? कि एमाले अवैध सुन ल्याउनमा सहभागी छ ? नत्र अलिकति लाज लाग्नुपर्ने होइन र ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण