बलियो कम्युनिस्ट पार्टी अहिलेको आवश्यकता : भुसाल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले बलियो कम्युनिस्ट पार्टी अहिलेको आवश्यकता भएको बताएकी छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले एकीकृत हुनुपर्ने बेलामा कम्युनिस्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा रहेको बताएकी हुन् ।
उनले अब फेरि बलियो कम्युनिस्ट पार्टी बनाउने कुराबाट पछि हट्न नहुने बताइन् । उनले भनिन्, ‘अहिले एउटा बलियो कम्युनिस्ट पार्टी चाहिएको छ । तर विडम्बना हाम्रो कम्युनिस्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा छ । त्यसलाई एकीकृत, केन्द्रीकृत गर्ने प्रयास भएका थिए, एउटै नेकपा पनि बनायौँ हामीले जनताको जनमत पनि इतिहास कायम गर्ने गरी प्राप्त गरेका थियौँ । तर एकता कायम भइरहन सकेनौँ । तर हामी अब फेरि बलियो कम्युनिस्ट पार्टी बनाउने कुराबाट पछि हट्न सक्दैनौँ । हामीले समाजवादी मोर्चा बनाएका छौँ । मोर्चाको सहकार्यबाट क्रमशः एकतामा पुर्याउने हो । अहिले समाजवादी मोर्चामा नआएका भिन्न कम्युनिस्ट पार्टीका छातामा रहेकाहरूलाई पनि एउटैमा ल्याउने हाम्रो प्रयास हो ।’
उपाध्यक्ष भुसालले वैचारिक राजनीतिक बहसले एकीकृत कम्युनिस्ट पार्टी बनाउने भूमिका निभाउने बताइन् । उनले कम्युनिस्टहरू एक ठाउँमा नउभिने भए नयाँ पुँजीवादीहरूको उदय हुने जिकिर गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण