आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बलियो कम्युनिस्ट पार्टी अहिलेको आवश्यकता : भुसाल

शनिबार, ०६ साउन २०८०, १५ : ४८
शनिबार, ०६ साउन २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले बलियो कम्युनिस्ट पार्टी अहिलेको आवश्यकता भएको बताएकी छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले एकीकृत हुनुपर्ने बेलामा कम्युनिस्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा रहेको बताएकी हुन् । 

उनले अब फेरि बलियो कम्युनिस्ट पार्टी बनाउने कुराबाट पछि हट्न नहुने बताइन् । उनले भनिन्, ‘अहिले एउटा बलियो कम्युनिस्ट पार्टी चाहिएको छ । तर विडम्बना हाम्रो कम्युनिस्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा छ । त्यसलाई एकीकृत, केन्द्रीकृत गर्ने प्रयास भएका थिए, एउटै नेकपा पनि बनायौँ हामीले जनताको जनमत पनि इतिहास कायम गर्ने गरी प्राप्त गरेका थियौँ । तर एकता कायम भइरहन सकेनौँ । तर हामी अब फेरि बलियो कम्युनिस्ट पार्टी बनाउने कुराबाट पछि हट्न सक्दैनौँ । हामीले समाजवादी मोर्चा बनाएका छौँ । मोर्चाको सहकार्यबाट क्रमशः एकतामा पुर्‍याउने हो । अहिले समाजवादी मोर्चामा नआएका भिन्न कम्युनिस्ट पार्टीका छातामा रहेकाहरूलाई पनि एउटैमा ल्याउने हाम्रो प्रयास हो ।’

उपाध्यक्ष भुसालले वैचारिक राजनीतिक बहसले एकीकृत कम्युनिस्ट पार्टी बनाउने भूमिका निभाउने बताइन् । उनले कम्युनिस्टहरू एक ठाउँमा नउभिने भए नयाँ पुँजीवादीहरूको उदय हुने जिकिर गरिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप