चारजना चढेको मोटरसाइकल पिकअपसँग ठोक्कियो, तीनजनाको मृत्यु
सुनसरी । सुनसरीको इटहरी–१७ कान्छी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा आज दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–१६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक राजकुमार राईले जानकारी दिए ।
चारजना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमतर्फ जाँदैै गरेको भारतीय नम्बर डब्ल्यू बी ७३ ई ९११७ को पिकअपसँग पश्चिमबाट पूर्व आउँदै गरेको को२९प ३७१२ नंको मोटरसाइकल एकापसमा ठोक्किएको थियो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार चारैजनालाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारका क्रममा करण, शम्भु र अनिनेशको मृत्यु भएको प्रहरी उपरीक्षक राईले बताए ।
गम्भीर घाइते भएका २७ वर्षीय प्रेमलाल चौधरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । पिकअप चालक भारत दार्जीलिङ फोडिगढीका ३२ वर्षीय गोविन्द वरमुनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको राईले बताउनुभयो । मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण