सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

त्यो अग्लो टावर

आइतबार, ०७ साउन २०८०, ११ : ०५
आइतबार, ०७ साउन २०८०

आजभोलि सबैतिर
चर्चा चुलिँदै छ
काठमाडौँको अग्लो टावरको
हल्ला फैलिँदै छ 


त्यो अग्लो टावरबाट
के के देखिँदो हो ?
गरिबका झुपडीको
मर्म पोखिँदो हो ?

साउनको भेलले गाउँमा
 खेत बगायो रे
छोराछोरी यता टावर चढ्दै
टिकटकमा रमायो रे ।

वर्षापछिको निलो
आकाश कल्पनामै रमाउँछु
आर्थिक रूपमा सबल हुने
प्रयत्न म पछ्याउँछु ।

रोजगारीका अवसरहरू सिजना
गर्दै जानुपर्छ
फजुल खर्च रोकी अब
विकासमा लाग्नु पर्छ

शिक्षा, स्वास्थ्य र समानताका
कुरा गर्ने हो कि
आफू बाँची अरूलाई नि
बचाउने हो कि ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुनिता गाइसी
सुनिता गाइसी
लेखकबाट थप