कविता
त्यो अग्लो टावर
आइतबार, ०७ साउन २०८०, ११ : ०५
आजभोलि सबैतिर
चर्चा चुलिँदै छ
काठमाडौँको अग्लो टावरको
हल्ला फैलिँदै छ
त्यो अग्लो टावरबाट
के के देखिँदो हो ?
गरिबका झुपडीको
मर्म पोखिँदो हो ?
साउनको भेलले गाउँमा
खेत बगायो रे
छोराछोरी यता टावर चढ्दै
टिकटकमा रमायो रे ।
वर्षापछिको निलो
आकाश कल्पनामै रमाउँछु
आर्थिक रूपमा सबल हुने
प्रयत्न म पछ्याउँछु ।
रोजगारीका अवसरहरू सिजना
गर्दै जानुपर्छ
फजुल खर्च रोकी अब
विकासमा लाग्नु पर्छ
शिक्षा, स्वास्थ्य र समानताका
कुरा गर्ने हो कि
आफू बाँची अरूलाई नि
बचाउने हो कि ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण