पार्टीभित्रको अन्तर कलहको असर जगैसम्म पुगिसक्यो : श्याम घिमिरे

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले कांग्रेसभित्र अन्तरकलह चुलिँदा मुलुकको लोकतन्त्रसम्म क्षति हुन पुगेको बताएका छन् । ‘कांग्रेसभित्र अन्तरकलह चुलिँदा पार्टी मात्र होइन मुलुक र लोकतन्त्रलाई क्षति पुगेको छ । समग्र एकताको अवस्था कसरी सिर्जना गर्न सकिन्छ भन्नेतर्फ नेताहरुको ध्यानाकर्षण गराउनु चाहन्छु ,’ घिमिरेले भने ।
आइतबारको केन्द्रीय समिति बैठकमा पार्टीभित्रको अन्तरकलहको असर पार्टीको जगै सम्म पुगिसकेको उनको भनाइ छ । ‘यसले गर्दा पार्टीमा एउटाले टिकट पाउँछ । अरु सबै हराउने लाग्ने प्रवृतिको विकास भएको छ । यो हामीमा केन्द्रमा मौलाएको गुटगत प्रवृतिको कारण हो भन्ने मेरो बुझाइ हो,’ घिमिरेले भने ।
पार्टीभित्रको समस्या समधानका लागि विधि र विधानको पालना पहिलो सर्त भएको उनको तर्क छ । ‘पार्टीको विधानमा समस्या भए संशोधन गरौं । तर, अब पार्टीलाई विधान अनुसार चलाऔं । यसो गर्दा धेरै समस्याको हल हुन्छ,’ घिमिरेले भने ।
सभापति शेरबहादुर देउवाको अनुभव, उपसभापति पूर्णबहादुर खड्काको कु्टनीति र महामन्त्री गगन थापाको उर्जा पार्टीको पुँजी भएको भन्दै सही ढंगले परिचालन गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
-
भारतको उत्तरपूर्वमा मनसुनी वर्षाले कम्तीमा ३० जनाको मृत्यु
-
सरकारको नीति तथा कार्यक्रम र बजेटप्रति समाजवादी पार्टीको असन्तुष्टि
-
‘चोरबाटो’बाट सांसदलाई ३४ अर्ब ६५ करोड बजेट
-
भुवन, चैत्यदेवी र वसुन्धरालाई ‘त्रिदेवी सम्मान’ दिइने
-
प्रदेश मामिला समितिद्वारा जाजरकोट भूकम्प पुनर्निर्माण सम्बन्धी सरकारलाई १० बुँदे निर्देशन र सुझाव