आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

विष्णुकुमार अग्रवाल अनररी कन्सुलर कर्प्स नेपालको नयाँ डिनमा नियुक्त

आइतबार, ०७ साउन २०८०, १८ : ०४
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । अवैतनिक वाणिज्य तथा महावाणिज्य दूतहरुको संगठन अनररी कन्सुलर कर्पस नेपाल (एचसीसीएन) को १६ औं साधारणसभा तथा चार्टर डे काठमाडौँमा सम्पन्न भएको छ ।

उपराष्ट्रपति रामसाहय प्रसाद यादवको प्रमुख आतिथ्य तथा परराष्ट्रमन्त्री एनपी साउदको विशिष्ट अतिथ्यमा सम्पन्न भएको साधारणसभाले चेक रिपब्लिकका अनररी कन्सुल जनरल विष्णुकुमार अग्रवाललाई नयाँ डिनका रूपमा नियुक्त गरेको छ ।

कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले नेपालको द्वौत्य सम्बन्ध रहेका तर आवासीय राजदूतावास नभएका विभिन्न ५९ देशमा अनररी कन्सुलर कप्र्सले पुर्‍याएको योगदानप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

‘आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि सबै राष्ट्रसँग सुमधुर सम्बन्ध बनाईराख्नु आजको आवश्यकता हो । यसमा एचसीसीएनको सहयोग रहने अपेक्षा गरेका छौँ,’ यादवले भने, ‘नेपालमा लगानीका सम्भावना भएको क्षेत्रहरू धेरै छन् । विदेशी लगानी आकर्षित गर्न र नेपालले भोगिरहेको जलवायु परिवर्तनको समस्याको समाधानका लागि सम्बन्धित राष्ट्रसँग समन्वय गर्न आवश्यक छ ।’

nccn (1)

त्यसैगरी, परराष्ट्रमन्त्री एनपी साउदले एचसीसीएनका सदस्य मुलुकहरूलाई नेपाल भ्रमणका लागि मात्र गन्तव्य नभई लगानीको राम्रो गन्तव्य भएको सन्देश दिन आग्रह गरेका थिए । कार्यक्रममा एचसीसीएनका डिन दिनेश श्रेष्ठले भियना कन्सभेनसनअन्तर्गत रहेर एचसीसीएन र यसका सदस्यहरूले आफ्नो जिम्मेवारी निर्वाह गरिरहन भएको बताए ।

उनले नेपाल भ्रमणमा रहनु भएका एचसीसीएन सम्बन्ध नागरिकको सुरक्षा र हेरचाहमा कुनै कमी नल्याएको पनि जिकिर गरे । 

कार्यक्रममा उपराष्ट्रपति यादवले एचसीसीएनका पूर्व डिनहरू गजेन्द्र बहादुर श्रेष्ठ, अम्बिका श्रेष्ठ (स्पेन), विनयमान श्रेष्ठ (कोलोम्बो), पद्म ज्योती (साइप्रस), वसन्तराज मिश्र (चिली), श्रीराम लामिछाने (लक्जमवर्ग), राजेन्द्रकुमार खेतान (पोर्चुगल), आङछिरिङ शेर्पा (बेल्जियम), प्रदिपकुमार श्रेष्ठ (दक्षिण अफ्रिका), वसन्त चौधरी (मोरोक्को) र लोकमान्य गोल्छा (पोल्यान्ड) लाई सम्मान गरेका थिए ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै एचसीसीएनका नवनियुक्त डिन विष्णुकुमार अग्रवालले देशलाई आवश्यक परेको समयमा अनररी कन्सुलहरुले व्यक्तिगत स्वार्थबाट माथि उठेर नेपाल र आफूले प्रतिनिधित्व गर्ने मुलुकप्रतिको जिम्मवारीलाई निर्वाह गरेको बताए ।

nccn (2)nccn (3)nccn (6)nccn (7)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप