लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै ठगी
काठमाडौँ । लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै एक दर्जनभन्दा बढी व्यक्तिलाई ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१३ बस्ने ३० वर्षीय राजु परियार र काठमाडौँ महानगरपालिका–१४ बस्ने ३६ वर्षीय ब्रम्हा रिसाल रहेका छन् ।
परियारले आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताउँदै पीडितहरुलाई लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदूषण जाँचपास गराइदिने लगायतका कार्यहरु गरिदिन्छु भन्दै सुन र नगद गरी ४ लाख ३० हजार रुपैयाँ बराबरको रकम ठगी गरेको प्रहरीको भनाई छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले परियारलाई लुभुबाट पक्राउ गरेको थियो । त्यस्तै, ठगी गरेको सुन खरिद गर्ने कृष्ण ज्वेलर्स एन्ड सन्सका सञ्चालक रिसाललाई कालिमाटीबाट ढिक्का सुनसहित पक्राउ गरेको थियो । दुवैलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण