शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थीलाई केकी र सलोनले सुनाए फिल्मको सम्वाद

सोमबार, ०८ साउन २०८०, ११ : ५३
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । फिल्म ‘जय हो’ आगामी भदौ ८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा यसका कलाकार तथा निर्माण युनिट प्रचार प्रसार छ ।

प्रचार प्रसारकै क्रममा आइतबार अभिनेता सलोन बस्नेत, अभिनेत्री केकी अधिकारी र प्रस्तुतकर्ता शोभित बस्नेत प्रज्ञा भवन पुगेका थिए । त्यहाँ एपेक्स कलेजले एक दिने भव्य कार्यक्रमको आयोजना गरेको थियो । कलेजले हरेक वर्ष गर्ने एकदिने सांस्कृतिक कार्यक्रममा निर्माण युनिटले फिल्मको प्रचार समेत छ । कार्यक्रममा सलोन र केसीले विद्यार्थीसँग अन्तरक्रिया गर्नुका साथै आफुले आजसम्म अभिनय गरेका केही फिल्मको सम्वाद बोलर दर्शकलाई मनोरञ्जन गराए । उनले विद्यार्थीमाझ गीत समेत गाएर सुनाएका थिए ।

कार्यक्रममा कलाकारले भाद्र ८ गते रिलिज हुने सिनेमा हेरिदिन विद्यार्थीलाई आग्रह समेत गरे । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म टेक पौरखी राईले निर्देशन गरेका हुन् । फिल्ममा सलोन र केकीको अलवा अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको फिल्मका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । सलोन सलिना फिल्मसको व्यानरमा निर्माण भएको फिल्म उपत्यकामा डिसिएन तथा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

अभिनेता सलोन बस्नेत छिट्टै केही समयका लागि अष्ट्रेलिया उड्ने भएकोले अहिले फिल्मको प्रचार प्रसारमा उनी हिँडिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप