डीएसपी केसीलाई बर्खास्त गर्न सिफारिस, गृहले १ महिनासम्म गरेन निर्णय
काठमाडौँ । नेपाल प्रहरीका डीएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्न प्रहरी प्रधान कार्यालयले १ महिनाअघि गृह मन्त्रालयमा सिफारिस गरेको थियो । तर, त्यसबारे गृह मन्त्रालयले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।
इलाका प्रहरी कार्यालय बुटवलमा रहँदा डीएसपी केसीले सुन व्यापारी किसन बिकसँग ‘घुस’ लिएको घटनामा उनी निलम्बनमा छन् । प्रहरी हेडक्वार्टरले उनलाई बर्खास्त गर्न असार दोस्रो सातामा मन्त्रालयलाई सिफारिस गरेको थियो ।
प्रहरी नायव उपरिक्षक (डीएसपी) ठगबहादुर केसीबारे कुनै निर्णय नभएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) केदारनाथ शर्माले रातोपाटीलाई बताए । शर्माले भने–‘त्यसबारे अध्ययनकै क्रममा छ ।’
गृहले डीएसपी केसीलाई स्पष्टीकरण भने सोधेको छ । बुटवलस्थित टेलिकम कार्यालय अगाडीबाट सुन सहित पक्राउ परेका किसनको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो । सो सुन फिर्ता गर्न केसीले नगद र चेक लिएका थिए । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनको निवासबाट ८ लाख ५० हजार नगद र ९ लाख ५० हजारको चेक बरामद गरेको थियो ।
सुन रीतपूर्वक बरामद नगरेको र ‘बदनियत राखेर लिन खान खोजेको’ तत्कालीन एसएसपी चन्द्रकुवेर खापुङ नेतृत्वको छानबिन समितिको निष्कर्ष छ । सुन वैध भए फिर्ता गर्नुपर्ने र अवैध भए राजस्वमा बुझाउनु पर्ने भए पनि डीएसपी केसीले बदनियत राखेको उल्लेख गर्दै समितिले प्रतिवेदनमा भनेको छ, ‘सुन बरामद गरेपछि प्रचलित कानुन बमोजिम गर्नुपर्नेमा डीएसपीले आफ्नो पदीय दायित्व पुरा गरेको देखिएन ।’
समितिले भ्रष्टाचार ऐन अनुसार केसीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सिफारिस गरेको थियो । समितिको सिफारिस अनुसार थप अनुसन्धान र कारबाहीको लागि प्रहरी हेडक्वार्टरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ ।
प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहसचिव विनोद प्रकाश सिंहले केसीलाई २०७९ पुस १४ मा निलम्बन गर्ने निर्णय गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण