इतिहासकै ठुलो प्रदर्शनबीच इजरायलमा सर्वोच्चको अधिकार कटौती गर्ने विधेयक पारित
जेरुसेलम । व्यापक विरोध प्रदर्शनकाबीच इजरायलमा न्याय व्यवस्थामा सुधारसम्बन्धी विधेयक सांसदहरूले पारित गरेका छन् । विपक्षी दलले भने मतदानलाई बहिस्कार गरेका थिए । संसद्मा मतदान हुन अघि देशभर यस विधेयकको विरोधमा ठुला प्रदर्शनहरू भएका थिए ।
सोमबार मतदानअघि विधेयकमाथि सहमति बनाउन गरिएको वार्ता विफल भएको थियो ।नयाँ कानुनमा सर्वोच्च अदालतबाट सरकारका ‘न्यायसङ्गत नभएका’ फैसलाहरू उल्टाउने शक्ति फिर्ता लिइएको छ । नयाँ कानुनको मद्दतले न्याय व्यवस्थामा यस्ता कयौँ परिवर्तनहरू गरिएका छन् ।
यस परिवर्तनको विरोधमा इजरायलमा इतिहासकै सबैभन्दा जोडदार विरोध प्रदर्शनहरू भएका थिए । जेरुसेलममा संसद् भवनबाहिर विरोध प्रदर्शन गरिरहेकाहरूलाई नियन्त्रण गर्नका लागि प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो ।
विपक्षीहरूले यो विधेयकले इजरायलको लोकतन्त्र नै खतरामा पर्ने चेतावनी दिएका छन् । यता सरकारले भने यस विधेयकले शक्तिको असन्तुलन हट्ने दाबी गरेको छ । अदालतले राजनीतिक निर्णयहरूमा अनावश्यक हस्तक्षेप बढाइरहेको सरकारको जिकिर छ । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण