प्रभु साहमाथि लगाइएको आरोप प्रमाणित गर्न आम जनता पार्टीको चुनौती
काठमाडौँ । आम जनता पार्टीले पार्टी अध्यक्ष प्रभु साहमाथि लगाइएको आरोप प्रमाणित गर्न चुनौती दिएको छ । मंगलबार साँझ पार्टी प्रवक्ता चन्द्र भुषण साहले विज्ञप्ति जारी गर्दै प्रभु साहलाई लगाइएको आरोप प्रमाणित गर्न ६ राजनीतिक दललाई चुनौती दिएका हुन् ।
अध्यक्ष साह गौर हत्याकाण्डमा संलग्न रहेको भन्दै जसपासहित ६ दलले मंगलबार जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएका थिए । उनीहरुले साहलाई पक्राउ गर्न माग गरेका छन् ।
त्यसपछि पार्टी प्रवक्ता चन्द्र भुषण साहले विज्ञप्ति जारी गर्दै भनेका छन्, 'आम जनताको कुनै हक अधिकार वा पीडितहरुलाई न्याय दिलाउन एकजुट हुनुको सट्टा आज एकाएक विगत १७ वर्षदेखि अनवरत न्यायको पर्खाइमा रहेका बीभत्स गौर हत्याकाण्डका पीडितहरुले न्याय पाउने सम्भावना बढेसँगै हत्याकाण्डका अपराधी र तीनका संरक्षकहरु आतंकीत भई हताश मनोविज्ञानका साथ यसरी संगठित हुनुले पनि काफी कुराको संकेत गरिरहेको स्थित छ । सम्मानित सर्वोच्च अदालत सहित देशका तिनै तहको न्यायालयबाट न्याय निरूपण हुँदा कहीँकतै मा. प्रभु साहको नाम निशान समेत नआएको विषयमा पूर्वाग्रही भई कपोकल्पित, आधारहिन र झुटा आरोप लगाएर अदालतको मानहानि समेत हुनेगरी कुनै लोकप्रिय जनप्रतिनिधिको यसरी चरित्र हत्याको दुष्प्रयास गरिनु नितान्त खेद एवं घोर भर्त्सना योग्य विषय हो ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण