इन्डोनेसियामा १८ लाख रुपैयाँ खर्च गरेर कुकुरको विवाह, मागियो माफी
जाकर्ता । इन्डोनेसियामा दुई महिलाले आफ्नो कुकुरहरूको निकै भव्य ढंगले विवाह गरिदिएका छन् । सो घटनाको व्यापक आलोचना भएपछि दुवैले माफीसमेत माग्न बाध्य भएको समाचार बाहिर आएको छ ।
इन्डोनेसियाको राजधानी जकार्ताको एउटा मल अलास्का मालामुट दुई कुकुरको विवाह गराइएको थियो । दुई कुकुरको परम्परागत जाभानीज पहिरन लगाएका आफ्ना मालिक र आफन्तहरूको उपस्थितिमा सो विवाह भएको थियो। कुकुरको विवाहमा करिब १८ लाख रुपैयाँ खर्च भएको थियो ।
ती कुकुरको बिहेको खबरले सामाजिक सञ्जालमा हंगामा मच्चायो । जाभानीज संस्कृति अनुसार कुकुरसँग विवाह गरेकोमा सामाजिक सञ्जालमा मानिसहरू आक्रोशित भएका थिए। त्यसपछि मालिकले अगाडि आएर माफी माग्नु परेको थियो । लुना कुकुरकी मालिक्नी इन्दिरा रत्न सारीले बुधबार इन्डोनेसियाली जनतासँग माफी मागेकी छिन् ।
संसारको चौथो सबैभन्दा धेरै जनसंख्या भएको देशमा धनको दिखावटी प्रदर्शनलाई तिरस्कार गरिएको छ। विश्व बैंकले इन्डोनेसियाका २७ करोड मानिसमध्ये एक दशांश अझै गरिबीको रेखामुनि रहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण