शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

विवादित ‘होली वाइन’को कार्यक्रममा ओलीको सम्बोधन

बुधबार, १० साउन २०८०, २० : ००
बुधबार, १० साउन २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडिया पुगेर नेपालमा धेरै विवादमा परेको युनिभर्सल पिस फेडेरेसनको कार्यक्रममा सम्बोधन गरेका छन् । नेपालमा ‘होली वाइन’ भनेर चिनिने फेडेरेसनको कार्यक्रमलाई सम्बोधन गरेको ओलीको सचिवालयले जनाएको हो । 

‘शान्ति र लोकतन्त्रको लागि अन्तर्राष्ट्रिय सम्मेलनलाई अध्यक्ष ओलीद्वारा सम्बोधन’, ओलीको सचिवालयले तस्बिरसहित दिएको सूचनामा भनिएको छ । निर्वाचन पर्यवेक्षणका लागि पत्नी राधा शाक्यसहित अध्यक्ष ओली गत साउन २ गते कम्बोडिया गएका थिए । 

356929642_228720696795028_6078636388490030457_n

ओलीले साउन ६ गते अर्थात् २२ जुलाईमा कोरियाली क्रिस्चियन धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनको कार्यक्रममा सम्बोधन गरेका हुन् । ओली साउन ८ गते नेपाल फर्किसकेका छन् । 

युनिभर्सल पिस फेडेरेसनकाले नेपालमा केही वर्षअघि गरेको कार्यक्रममा तत्कालीन नेकपाका नेता तथा त्यसबेलाका प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र नेता माधवकुमार नेपाल सहभागी भएका थिए । होटल हायातमा भएको उक्त कार्यक्रममा प्रधानमन्त्री नै सहभागी भएको भनेर चर्को विरोध भएको थियो । त्यसबेला परिवार दलका अध्यक्ष समेत रहेका नेता एकनाथ ढकाल उक्त फेडेरेसनका नेपाली एजेण्ट रहेका थिए । ढकाल अहिले एमालेका सांसद छन् ।

356998805_1497674400770713_7264773812636209816_n

युनिफिकेसन चर्च ः ईशाई चर्च हो या पन्थ ?

आधिकारिक रूपमा ‘फ्यामिली फेडेरेसन फर वल्ड पिस एण्ड रियुनिफिकेसन(विश्व शान्ति तथा पुनर्मिलनका लागि पारिवारिक महासंघ)’ नाम रहेको युनिफिकेसन चर्चलाई सन् १९५४ मा सन म्युङ मुनले दक्षिण कोरियामा स्थापना गरेका थिए । 

युनिफिकेसन चर्च स्थापना गर्दा मुनले आफू नयाँ ‘मसिया(उद्धारक)’ भएको र क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टले पुरा गर्न नसकेको काम काम पूरा गर्न आएको दाबी गरेका थिए । साथै उनले जिससले समेत गर्न नसकेको ‘पवित्र बिहे’ गरेर नयाँ युग सुरु गर्ने दाबी गरे । विदेशतिर चर्चले हजारौँ जोडीलाई एक्कै पटक सामूहिक विवाह गराएर चर्चा बटुल्न थाल्यो । मुनले यस्तो विवाहका लागि चुनिने जोडीलाई फोटो हेरेर मिलाउथे, जसले गर्दा कहिल्यै नभेटिएका जोडीहरू विवाह बन्धनमा जोडिनुपर्थ्यो । 

परम्परागत पारिवारिक मूल्यको प्रवर्द्धन गर्ने चर्चका संस्थापक मुन कट्टर विरोधी कम्युनिस्ट थिए । चर्च र यसका संस्थापकको यही दक्षिणपन्थी राजनीतिक रुझान शीतयुद्धको समयमा चर्चको विदेश अझ जापानमा विस्तारका लागि सहयोगी भयो । 

सन् १९५७ देखि १९६० सम्म जापानको प्रधानमन्त्री रहेका आबेका हजुरबुवा नोबुसुके किशीसँग मुनको राम्रो मित्रता कायम भयो । आफै कम्युनिस्ट विरोधी रहेका किशीले १९६८ मा चर्चको राजनीतिक शाखा ‘इन्टरनेशनल फेडरेशन फर विक्टोरी ओभर कम्युनिजम’ स्थापनामा सघाएका थिए । 

सरकारको सहयोगमा जापानभित्र आफ्नो आधार बनाएपछि युनिफिकेसन चर्चले जापानी अनुयायीहरूलाई दुहुनो गाईजस्तै व्यवहार गर्‍यो । चर्चका पूर्व वरिष्ठ सदस्यले रोयटर्स समाचार एजेन्सीलाई बताए अनुसार हरेक सदस्यलाई चन्दा दिन दबाब दिइन्थ्यो र नदिए उनीहरूको अपमान गरिन्थ्यो  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप