भारत भ्रमणमा गएका माओवादीका नेताले भेट्न पाएनन् भारतीय विदेशमन्त्रीलाई
काठमाडौं । भारत भ्रमणमा रहेका माओवादी केन्द्रका नेताहरुले त्यहाँका विदेश मन्त्री एस. जयशंकरसँग भेट गर्न प्रयासरत रहे पनि समय पाउन सकिरहेका छैनन् । भारतीय जनता पार्टीको निमन्त्रणामा माओवादीका उपाध्यक्ष पम्पा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली साउन ७ गते दिल्ली पुगेको छ ।
भाजपाको हेडक्वाटर दुई पटक पुगेर भाजपाका अध्यक्ष लगायतका विभिन्न नेतासँग भेटघाट तथा छलफल गरेका उनीहरुले हालसम्म भारतीय विदेश मन्त्रीलाई भेट्न पाएका छैनन् । त्यसो त भारतीय विदेश मन्त्री एस.जयशंकरलाई भेट्ने कार्यतालिका थिएन । तर भाजपाकै तर्फबाट विदेशमन्त्री एस.जयशंकरसँग भेट गराउने प्रयास भइरहेको छ ।
भ्रमण टोलीमा रहेका एक नेताका अनुसार मंगलबार नै भारतीय विदेशमन्त्री एस.जयशंकरसँग भेट्ने कार्यक्रम थियो । मन्त्रीको सचिवालयबाट समय मिलाउने प्रयास भइरहेको भन्ने खबर आए पनि समय मिल्न नसकेको उनले बताए ।
माओवादीका नेताहरुले विदेशमन्त्रीसँग भेट गर्ने प्रतीक्षामा अन्य कुनै कार्यक्रम बनाएनन् । उनीहरु भारतीय विदेश मन्त्रीसँग भेट गर्ने समय कुर्दै दिनभर होटलमै बसे तर भेट हुन पाएन ।
बुधबार माओवादी नेताहरु देहरादुनका लागि हिँडिसकेका छन् । त्यहाँ आज साँझ ऋषिकेशमा गंगा आरती गर्नुको साथै भाजपाका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । भोलि वा पर्सिसम्म पनि भारतीय विदेशमन्त्रीसँग भेट्ने सम्भावना रहेको भ्रमणमा रहेका एक नेताले बताए ।
माओवादीका नेताहरु साउन १२ गते फर्किदैछन् । माओवादीका नेताहरुले आज भारतस्थित नेपाली दुतावासमा गएर नेपाली राजदूत डा.शंकरप्रसाद शर्मासँग छलफल तथा भेटघाट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण