शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

रिद्धि सिद्धि सिमेन्टद्वारा छात्रवृत्ति कार्यक्रम सार्वजनिक

बुधबार, १० साउन २०८०, १६ : ३६
बुधबार, १० साउन २०८०

काठमाडौँ । रिद्धि सिद्धि सिमेन्टले यस वर्षदेखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी “मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” छात्रवृत्ति कार्यक्रम ल्याएको छ । 

यस छात्रवृत्ति कार्यक्रम २०७९ मा परीक्षा दिएको र २०८० सालमा नतिजा प्राप्त भई एस.ई.ई. मा उत्तीर्ण भएका सम्पूर्ण मकवानपूर जिल्लाका विद्यार्थीहरुलाई लक्षित गरी ल्याइएको हो । जसअनुसार एस.ई.ई परीक्षामा ३.६ जि.पि.ए. देखि ४ जि.पि.ए. ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा योग्य मानिने कम्पनीले जनाएको छ ।

छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५०००, दोस्रो हुनेलाई रु. ३५००, तेस्रो हुनेलाई रु. २५०० का साथै सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा रु.१५०० कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ । यस योजनामा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाई वा फेसबुक पेजमा गई फाराम भर्न सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप