मध्यपहाडी लोकमार्ग अवरुद्ध
बिहीबार, ११ साउन २०८०, ११ : ००
बागलुङ । मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला–रुकुमकोट सडक खण्ड अवरुद्ध बनेको छ । केही दिनयता परेको अविरल वर्षापछि आएको पहिरोका कारण सो सडकखण्ड अवरुद्ध बनेको हो ।
निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला तथा कालापैरा–२ को खाडुखोलामा बुधबार रातिदेखि आएको बाढी र सडकमा लेदो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएसँगै सो क्षेत्र भएर चल्ने सवारीसाधन ठप्प भएका छन् । रुकुुम पूर्वदेखि काठामाडौं, पोखरा तथा बुर्तिबाङदेखि निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना ताथा ठूला यातायातका सवारीसाधान कानाबगरमा रोकिएका छन् । सडक खुलाउने प्रयास भने भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण