बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

गदर–२ को ट्रेलर रिलिज, पाकिस्तानसँगको सम्बन्धमा सनीले के भने ?

बिहीबार, ११ साउन २०८०

मुम्बई । पञ्जाबको गुरदासपुरबाट लोकसभा सांसद रहेका अभिनेता सनी देओलले बुधबार आफ्नो चलचित्र गदर–२ को ट्रेलर रिलिज गरेका छन् । सो अवसरमा उनले भारत–पाकिस्तानको सम्बन्धमाथि टिप्पणीसमेत गरेका छन् ।

देओलले भने, ‘केही लिने दिने कुरा हुँदैन । कुरा हुन्छ मानवताको । यो झगडा हुनुहुँदैन । दुईतर्फ नै त्यतिकै माया छ । राजनीतिक खेलले सबै घृणा पैदा गर्छ । तपाईंले या फिल्म हेर्नुभयो भने जनता एक अर्कासँग लड्न चाहँदैनन् । किनभने उनीहरू सबै एउटै माटोका हुन् ।’

ट्रेलर रिलिज भएको १७ घण्टामा ३ करोडभन्दा बढीले हेरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया