लम्पी स्किन रोगलाई धेरै हदसम्म रोक्न प्रयास गरिएको छ : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशु चौपायामा लागेको लम्पी स्किन रोगलाई धेरै हदसम्म रोक्न प्रयास गरिएको बताएका छन् । इटालीबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सरकारले लम्पी स्किन रोकथाम गर्न लाग्दै नलागेको भन्न नमिल्ने जिकिर गरे ।
‘लम्पी स्किनको बारेमा पहिले क्याबिनेटमा र मन्त्रालयमा लगातार छलफल गरी राखेका छौँ । तपाईँले भन्या जस्तो स्थिति होइन । धेरै हदसम्म रोक्न प्रयास गरिएको छ । यो रोग हामीले अनुमान गरे भन्दा बढी फैलियो’ प्रचण्डले भने, ‘सरकारको तर्फबाट निदानका निम्ति भरपुर प्रयास भएको छ । हजारौँ गाईहरू भ्याक्सिनबाट उपचार प्रक्रियाद्वारा सन्चो भएका छन् । हामी सबै पक्ष मिलेर निदान गर्न अझै मेहनत गर्नुपर्छ।’
कृषि मन्त्री बेदुराम भुसाललाईसमेत विदेश जानुअघि लम्पी स्किन रोकथाम गर्न निर्देशन दिएको प्रचण्डले बताए । ‘कृषि मन्त्री मसँगै हुनुहुन्थ्यो । उहाँ विदेश जानु अघि लम्पी स्किनको रोकथामको लागि मैले भनेको थिए । हामीले क्याबिनेटमा छलफल पनि गरेका थियौँ’ प्रचण्डले भने, ‘यसमा धेरै मेहनत गरिएको छ । यसमा पत्रकार साथीहरूले बुझ्न पर्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण