एसियाली खेलकुदका लागि पुरुष क्रिकेट टोलीको घोषणा
काठमाडौँ । चीनको हाङ्झोउमा आयोजना १९औं एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एसियाली खेलकुदमा प्रतिनिधित्व गराउन १५ सदस्यीय टोलीको नाम राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पठाएको हो ।
नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित राजवंशी, विवेककुमार यादव, प्रतिश जीसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी रहेका छन् ।
तीनजना खेलाडीले लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । विनोद भण्डारी, अभिनाष बोहरा र विवेक यादवले लामो समयपछि टोलीमा स्थान पाएका हुन् । आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्कीलाई भने टोलीमा समावेश गरिएको छैन ।
एसियाली खेलकुदमा टीट्वान्टी ढाँचाको क्रिकेट प्रतियोगिता समावेश गरिएको छ । एसियाली खेलकुदको १९औं संस्करण आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म चीनको हाङ्झोउमा आयोजना हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण