श्रमजीवी पत्रकारका पक्षमा पत्रकार महासङ्घले आन्दोलन गर्ने
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकारका पक्षमा आन्दोलन गर्ने भएको छ । सञ्चारग्राममा आज श्रमजीवी पत्रकारका समस्याका विषयमा आयोजना गरिएको अन्तरक्रियामा पछिल्लो समय श्रमजीवी पत्रकारलाई विभिन्न सञ्चारगृहले न्यूनतम पारिश्रमिक नदिएको तथा सेवाबाट नै हटाउन थालेको उजुरी परेपछि महासङ्घ बाध्य भएर आन्दोलनमा उत्रिन लागेको जनाएको छ ।
कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले श्रमजीवी पत्रकारका समस्या समाधान गर्न महासङ्घले यही साउन २६ देखि श्रम कार्यालयमा धर्ना दिने तथा भदौ १ गते पुराना सम्झौता कार्यान्वयन नभएका तथा श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार प्रतिष्ठान घराउ गरिने जानकारी दिए ।
यसैगरी महासङ्घले श्रमजीवी पत्रकारको परिश्रमिकका लागि वार्ता, सम्वाद, कानुनी तथा घेराउका कार्यक्रमसँगसँगै लिएर अगाडि बढ्ने जनाएको छ । सोही कार्यक्रममा बोल्दै पत्रकार महासङ्घका महासचिव रोशन पुरीले श्रमजीवी पत्रकारको मुद्दामा नेपाल पत्रकार महासङ्घ सधैँ अग्रसर रहने जानकारी गराए ।
उक्त कार्यक्रममा विभिन्न सञ्चारगृहले पारिश्रमिक नदिएको, बिनाकारण कामबाट निकालेको जस्ता थुप्रै विषयमा पीडितले आफ्ना गुनासा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण