चालकसहित कालीगण्डकीमा गाडी बेपत्ता
शुक्रबार, १२ साउन २०८०, २१ : ०८

बेनी । जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भीरकाटेबाट चालकसहित गाडी बेपत्ता भएको छ ।
अन्नपूर्ण–३ दानाबाट बेनीतर्फ आउँदै गरेको बेनीको सुमन किराना स्टोर्सको ग२च १०३१ नम्बरको बोलेरो जीप कालीगण्डकीमा बेपत्ता भएको हो । सो गाडीसँगै म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थान घर भएका चालक कमलेश
परियार बेपत्ता भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए । “भीरकाटेको कालीगण्डकी किनारमा जीपको सिसा भेटिएको छ”, उनले भने, “जीप र चालकको अवस्था अज्ञात छ ।”
प्रहरी, स्थानीयवासी र व्यवसायीको टोली गाडी र चालकको खोजीमा जुटेका छन् ।
सुमन किराना स्टोर्सका सञ्चालक सुमन श्रेष्ठका अनुसार दानामा सामान पुर्याएर फर्कंदै गरेको जीपका चालकसँग शुक्रबार दिउँसो ३ बजेसम्म सम्पर्क भएको थियो । तीन बजेपछि सम्पर्क नभएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिगको जितपछि पेरिसमा प्रहरी र पीएसजीका समर्थकहरूबिच झडप
-
राज कटुवाललाई भेटेपछि किन रोए युवती ?
-
भारी वर्षा र पहिरोका कारण सिक्किममा १ हजार ५०० पर्यटक अलपत्र
-
चैते धानको मूल्यमा मनपरी, एमाले निकट महासङ्घले दियो सरकारलाई आन्दोलनको चेतावनी
-
गाजामा सहायता केन्द्रमा भागदौड हुँदा २१ जनाको मृत्यु
-
बचतकर्ताको रकम हिनामिना गर्ने बैँकका अधिकृत पक्राउ