शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पोखरा महानगरमा मलको मूल्य निर्धारण

शुक्रबार, १२ साउन २०८०, २२ : ४७
शुक्रबार, १२ साउन २०८०

कास्की । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०–८१ का लागि मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ । पोखरा महानगरपालिका मल वितरण व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य निर्धारण गरेको हो ।

महानगरका उपप्रमुख एवं मल वितरण व्यवस्थापन समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डीएपी र पोटासको मूल्य निर्धारण गरेको हो । 

मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा प्रतिकिलो १९ रूपैयाँ ४५ पैसादेखि २१ रूपैयाँ पाँच पैसासम्म निर्धारण गरेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । डिएपीको ४८ रूपैयाँ ४५ पैसादेखि ५० रूपैयाँ पाँच पैसा र पोटासको मूल्य ३६ रूपैयाँ ४५ पैसादेखि ३८ रूपैयाँ पाँच पैसासम्म तोएिको छ । मल बिक्रेताले प्लास्टिक झोलाको मूल्य प्रतिकिलो थप लिन सक्ने छन् ।

पोखरा महानगर कृषि शाखामा सूचीकृत तथा बिक्री वितरण गर्नका लागि छनोट भएका २६ वटा वडाका ६७ केन्द्रबाट मल बिक्री वितरण भइरहेको छ । मल बिक्री वितरणका लागि आव २०७९/८० मा बिक्री भएको आधारमा कोटा निर्धारण गर्ने निर्णय भएको कृषि महाशाखा प्रमुख कडरियाले जानकारी दिए ।

पोखरा महानगरमा गत आर्थिक वर्षमा युरिया, डिएपीर पोटास गरेर एक हजार नौ सय ७७ दशमलव ६५ टन मल खपत भएको छ । गत आवमा पोखरा महानगरमा युरिया एक हजार दुई सय २१ दशमलव ७५ टन, डिएपी छ सय ६३ दशमलव ८५ टन, पोटास ३९ दशमलव ९५ टन र कृषि चुन दुई दशमलव एक टन खपत भएको कृषि महाशाखा प्रमुख कडरियाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप