बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

विवादमा अक्षयको ‘ओएमजी–२’

शनिबार, १३ साउन २०८०, १२ : ३६
शनिबार, १३ साउन २०८०

मुम्बई । १० दिनमा दोस्रो पटक महाकाल मन्दिरका पुजारीहरुले अक्षय कुमार अभिनित फिल्म ‘ओएमजी–२’लाई लिएर आपत्ति जनाएका छन् । महाकाल मन्दिरमा खिचिएका सबै दृश्य यस फिल्मबाट तत्काल हटाउनु पर्ने पुजारीहरुको भनाइ छ ।

जुलाई ११ मा ओ माई गॉड-२ को टिजर रिलिज भएको थियो । सेन्सर बोर्डले फिल्मको रिलिज मिति रोकेर समीक्षा समितिमा पठाएको छ । गत जुलाई १८ मा सेन्सर बोर्डको यो कारबाहीभन्दा अघि नै पुजारीहरुले पहिलेभन्दा आपत्तिजनक शट र संवाद हटाउनु राम्रो हुने बताएका थिए । महाकाल मन्दिरका पुजारी, महाकाल सेना तथा अखिल भारतीय पुजारी संघका अध्यक्ष महेश पुजारीले भने, ‘यदि फिल्मले सेन्सर बोर्डबाट ए सर्टिफिकेट पायो भने त्यो पोर्नोग्राफिक फिल्म हो । त्यसैले फिल्मबाट महाकाल मन्दिरको शट हटाउनुपर्छ । हामी सेन्सर बोर्ड र प्रधानमन्त्री नरेन्द्र मोदीसँग माग गर्दछौँ ।’

उनले भने, ‘सेन्सर बोर्डले ए सर्टिफिकेट दिएको फिल्मका संवाद र दृश्य नाबालिगले हेर्न पाउँदैनन् । यस्तो फिल्ममा महाकाल मन्दिरको दृश्यको के उपयोग ? महाकाल मन्दिरको शट नहटाए एफआइआर दर्ता हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप