विवादमा अक्षयको ‘ओएमजी–२’
मुम्बई । १० दिनमा दोस्रो पटक महाकाल मन्दिरका पुजारीहरुले अक्षय कुमार अभिनित फिल्म ‘ओएमजी–२’लाई लिएर आपत्ति जनाएका छन् । महाकाल मन्दिरमा खिचिएका सबै दृश्य यस फिल्मबाट तत्काल हटाउनु पर्ने पुजारीहरुको भनाइ छ ।
जुलाई ११ मा ओ माई गॉड-२ को टिजर रिलिज भएको थियो । सेन्सर बोर्डले फिल्मको रिलिज मिति रोकेर समीक्षा समितिमा पठाएको छ । गत जुलाई १८ मा सेन्सर बोर्डको यो कारबाहीभन्दा अघि नै पुजारीहरुले पहिलेभन्दा आपत्तिजनक शट र संवाद हटाउनु राम्रो हुने बताएका थिए । महाकाल मन्दिरका पुजारी, महाकाल सेना तथा अखिल भारतीय पुजारी संघका अध्यक्ष महेश पुजारीले भने, ‘यदि फिल्मले सेन्सर बोर्डबाट ए सर्टिफिकेट पायो भने त्यो पोर्नोग्राफिक फिल्म हो । त्यसैले फिल्मबाट महाकाल मन्दिरको शट हटाउनुपर्छ । हामी सेन्सर बोर्ड र प्रधानमन्त्री नरेन्द्र मोदीसँग माग गर्दछौँ ।’
उनले भने, ‘सेन्सर बोर्डले ए सर्टिफिकेट दिएको फिल्मका संवाद र दृश्य नाबालिगले हेर्न पाउँदैनन् । यस्तो फिल्ममा महाकाल मन्दिरको दृश्यको के उपयोग ? महाकाल मन्दिरको शट नहटाए एफआइआर दर्ता हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण