युभेन्टसलाई युरोपा कन्फरेन्स लिगबाट हटाइयो, चेल्सीलाई जरिवाना
टुरिन । युभेन्टसलाई यो सिजनको युरोपा कन्फरेन्स लिगबाट हटाइएको छ । फाइनान्सियल फेयर प्ले (एफएफपी) को नियम उल्लङ्घन गरेको भन्दै यूईएफएले यस्तो कारबाही गरेको हो ।
युरोपेली फुटबलको नियामक निकायले अपूर्ण आर्थिक विवरण उपलब्ध गराएको भन्दै प्रिमियर लिग क्लब चेल्सीलाई पनि जरिवाना गरेको छ । यूईएफएका अनुसार यी आर्थिक कारोबार सन् २०१२ र २०१९ को बीचमा भएका थिए ।
युभेन्टसलाई १.७१ करोड पाउन्ड तथा चेल्सीलाई ८५.७ लाख पाउन्ड जरिवाना तय गरिएको छ । इटालियन क्लबले आगामी तीन वर्षको आर्थिक विवरण सही राखे जरिवानाको आधा रकम मात्र तिर्नुपर्नेछ । तर, चेल्सीले भने सबै रकम तिर्ने प्रतिबद्धता जनाइसकेको छ ।
नयाँ मालिक टोड बोहलीले नेतृत्व सम्हालेपछि क्लबले १९ जना नयाँ खेलाडीका लागि करिब ६० करोड पाउन्ड खर्च गरेको छ । तर, यो कारबाही भने पूर्व मालिक रोमान अब्राहिमोविचको पालामा भएको आर्थिक कारोबारको लागि भएको हो ।
उता, युभेन्टसलाई हटाइएपछि उसको स्थानमा कुन क्लबलाई पठाउने भन्नेबारे इटालियन फुटबल फेडरेसनले यूईएफएलाई जानकारी गराउनुपर्छ । गत सिजन आठौँ स्थानमा रहेको फ्लोरेन्टिनाले सम्भवतः प्रतियोगितामा भाग लिनेछ ।
खेलाडीको ट्रान्सफरमा अनियमितता पाइएपछि गत सिजन युभेन्टसको सिरिए ए मा १० अङ्कसमेत घटाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण