आर्सनलको स्टेडियममा वेंगरको सालिक
शनिबार, १३ साउन २०८०, १३ : ०४
लण्डन । आर्सनलले आफ्नो एमिरेट्स स्टेडियममा पूर्व म्यानेजर आर्सन वेंगरको सालिक अनावरण गरेको छ । वेंगरले सन् १९९६ देखि २०१८ को बीचमा आर्सनललाई तीनवटा प्रिमियर लिगको उपाधिको साथै सातवटा एफएको उपाधि दिलाएका थिए ।
३.५ मिटर अग्लो सालिकमा फ्रेन्च प्रशिक्षकले प्रिमियर लिगको ट्रफी उठाइरहेको देखाइएको छ । ७३ वर्षीय पूर्व म्यानेजर बुधबार मोनाकोविरुद्धको मैत्रीपूर्ण खेलमा विशेष अतिथि बन्नेछन् ।
आर्सनलमा रहँदा १ हजार २३५ खेलमा नेतृत्व गरेका उनले आर्सनललाई सन् २००३–०४ मा अपराजित रहँदै लिग उपाधि जिताएका थिए । यो उपलब्धि अरूले दोहोर्याउन सकेका छैनन् । उनको नेतृत्वमा क्लब लगातार २० वर्ष च्याम्पियन्स लिगमा छनोट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण