सिटी छाडेर साउदी लिगमा महारेज
शनिबार, १३ साउन २०८०, १३ : २५
म्यानचेस्टर । म्यानचेस्टर सिटीका विंगर रियाद महारेज साउदी प्रो लिग क्लब अल–अहलीसँग अनुबन्ध भएका छन् । सिटीसँग दुई वर्षको करार बाँकी रहे पनि ३२ वर्षीय खेलाडी साउदी लिग जाने निर्णय गरेका हुन् ।
साउदीले महारेजका लागि ३ करोड पाउन्ड खर्च गरेको बताइएको छ । अल्जेरियन विंगर सन् २०१८ मा सिटीसँग ६ करोड पाउन्डमा अनुबन्ध भएका थिए । गत सिजन टोलीले ट्रेबल जित्दा उनले ४७ खेलमा १५ गोल गरेका थिए ।
‘म्यानचेस्टर सिटीका लागि खेल्नु मेरो लागि गर्वको कुरा हो,’ महारेजले भने, ‘म उपाधि जित्न र फुटबलको मजा लिन सिटी आएको थिएँ । मैले त्यो सबै हासिल गरेँ, अझ त्योभन्दा बढी पनि ।’ क्लबमा पाँच सिजन रहँदा उनले क्लबलाई १० वटा प्रमुख उपाधिहरू जित्न सहयोग गरेका थिए । यो सिजन साउदी लिगमा करिम बेन्जेमा, एन’गोलो कान्टे, रुबिन डियाज र जोर्डन हेन्डरसन आबद्ध भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण