शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राहुल गान्धीको विवाह पुनः चर्चामा, सोनिया गान्धीले महिला किसानलाई भनिन्...

आइतबार, १४ साउन २०८०, १० : ३४
आइतबार, १४ साउन २०८०

भारतमा लोकसभा चुनाव नजिकिँदै छ र कांग्रेस पूरा शक्तिसहित विपक्षलाई सँगै ल्याउने कोसिसमा छन् । यसमा पूर्व अध्यक्ष राहुल गान्धीले महत्त्वपूर्ण भूमिका निभाइरहेका छन् । 

यसैबीच राहुल गान्धीको विवाहले पनि व्यापक चर्चा पाइरहेको छ । यसको राजनीतिक महत्त्व खोज्ने कोसिस पनि भइरहेको छ । 

जुनमा पटनामा भएको विपक्षी दलको बैठकमा बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवले राहुल गान्धीलाई विवाह गर्न सल्लाह दिएका थिए र त्यसको केही दिनसम्म उनले किन यसो भनेर चासो व्यक्त गरिएको थियो । 

अब एक पटक पुनः यो मुद्दा चर्चामा छ । राहुल गान्धीले शनिवार (२९ जुलाई) मा एउटा भिडियो पोस्ट गरेका थिए । यसमा हरियाणाबाट आएका केही महिला किसान र राहुल गान्धी, सोनिया गान्धी र प्रियंका गान्धीबीच भेटघाट देखाइएको छ । 

तीमध्ये एक महिलाले सोनिया गान्धीसँग भनिन्, 'राहुल गान्धीको विवाह गराइदिनु ।' 

यसको उत्तरमा सोनिया गान्धीले भन्छिन्, ‘तपाईं केटी खोज्नुस् न ।’

भिडियोमा राहुल गान्धीले पनि यो मुद्दामा बोलेको देख्न सकिन्छ । उनी भन्छन्, ‘हुनेछ ।’

soniaराहुल गान्धीले हालै आफ्नो एक भ्रमणमा यी महिलासँग भेटघाट गरेका थिए र उनलाई आफ्नो घरमा निम्तो दिएका थिए । 

आफ्नो बचन पुरा गर्दै राहुल गान्धीले हरियाणाका सोनीपतकी यी महिला किसानलाई दिल्लीको १० जनपथमा आफ्नी आमा सोनिया गान्धीको घरमा बोलाएका थिए । यी महिलाका लागि खानाको आयोजना सोनियाले गरेकी थिइन् । यी महिलाले पनि आफूसँगै खानाको सामान लिएर आएका थिए ।

राहुल गान्धीले १० जनपथ पुगेका महिला किसानसँग भेटघाटको जुन भिडियो पोस्ट गरेका छन्, ती करिब एक मिनेटको छ । 

यसमा सोनिया गान्धी र राहुल गान्धीलाई भेट्न आएका महिलाले जिएसटी, महँगीदेखि लिएर महिला अधिकारको मुद्दासम्मको कुरा गरिरहेको देखिए । 

यति बेला एक महिलाले सोनिया गान्धीलाई भनिन्, ‘तपाईंले राहुलको विवाह गराइदिनुहोस् ।’

यसको जवाफमा सोनिया गान्धीले उनीसँग भनिन्, ‘तपाईं केटी खोज्नुहोस् न ।’

यति नै बेला राहुल गान्धीले पनि आफ्नो प्रतिक्रिया दिँदै भने, ‘भइहाल्छ नि ।’ 

यो भेटघाटको भिडियो राहुल गान्धीले आफ्नो सोसल मिडिया ह्यान्डलमा पोस्ट गर्दै लेखेका छन्, ‘आमा, प्रियंका र मेरा लागि एक स्मरणीय पल, केही विशेष पाहुनासँग । सोनीपतका किसान बहिनीको दिल्ली दर्शन, उनीहरूसँग घरमा खाना र मज्जाको कुराकानी ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप