जलवायु परिवर्तनका कारण खानेपानी वितरणमा समस्या भयो : मन्त्री यादव
काठमाडौँ । खानेपानीमन्त्री महिन्द्रराय यादवले वातावरणीय प्रभाव र जलवायु परिवर्तनको कारण खानेपानी वितरणमा समस्या आएको बताएका छन् ।
आइतबार खानेपानी मन्त्रालयले खानेपानीका वर्तमान समस्या र समाधान विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपाल पानीको धनी मुलुक भएपनि जलवायु परिवर्तन र वातावरणीय प्रभावले पानीका मुहानहरु सुक्ने थालेकाले प्राप्त खानेपानी वितरणमा चुनौती थपिएको बताए ।
मन्त्री यादवले खानेपानीमा थपिएको समस्या दीर्घकालीन समस्या समाधानको लागि नसोचेर वर्तमान परिस्थितिमा खानेपानीको समस्या समाधान गर्न नसकिने उल्लेख गरे । उनले तराई मधेसमा पानीको सतह घट्दै जानु र पहाडमा पानीका मुलहरु सुक्दै जाने समस्या दीर्घकालीन रुपमा समाधान गर्ने उपायको खोजीमा सरकार लागेको बताए ।
मन्त्री यादवले खानोपानी, वन, भौतिक र सिँचाइ मन्त्रालयसहितको राष्ट्रिय खानेपानी समस्या समाधान कमिटी बनाएर समस्याको पहिचान गर्ने र यसको दीर्घकालीन समस्या समाधान गर्ने मुख्य उद्देश्य सरकारको रहेको बताए । उनले बहुवर्षिय योजना बनाएर ठूला खोलाहरुबाट पानी वितरण प्रणालीमा ल्याउन सरकारले अनुसन्धान गरिहरको बताए । उनले तत्काल पानीको मूललाई संरक्षण गर्नको लागि भौगोलिक अवस्थाले पहाड र चुरे क्षेत्रमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए ।
मन्त्री यादवले आवश्यकता भन्दा धेरै पानी खर्च गर्ने पुरानो परम्परालाई छाडेर पानी वितरणलाई व्यवस्थित बनाउनुपर्ने बताए । उनले सुकेको मूललाई संरक्षण गर्न तराईमा पोखरी खन्ने वा चुरे क्षेत्रमा ड्यामहरु बनाएर पानीलाई रिचार्ज गर्नु आवश्यक रहेको बताए । उनले चुरेको विनाशका कारण तराई मधेसमा पानीको सतह कम हुँदै गएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण