बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुमताज : बी ग्रेड फिल्ममा काम, सर्त नमान्दा शम्मी कपुरले तोडे सम्बन्ध, विवाहपछि ध्वस्त भयो करियर

सोमबार, १५ साउन २०८०, १२ : ४९
सोमबार, १५ साउन २०८०

अभिनेत्री मुमताजको आज ७६ औँ जन्मदिन हो । उनले आफ्नो करियरमा लगभग २५ वटा फिल्ममा काम गरेकी थिइन् । उनी ७० को दशककी यस्ती अभिनेत्री थिइन् जसले सबैभन्दा बढी पारिश्रमिक लिने गर्थिन् । यद्यपि, २६ वर्षको उमेरमा करियरको उत्कर्षमा हुँदा नै उनले सबैलाई चकित पारेकी थिइन् । विवाहपछिका उनका लगभग सबै फिल्म फ्लप भए ।

राजेश खन्ना र मुमताजको दोस्ती गहिरो थियो । फिल्म ब्रह्मचारी सुटिङका बेला शम्मी कपुर र उनले एक–अर्कालाई मन पराउन थालेका थिए तर कपुर खानदानको एक परम्पराका कारण यो सम्बन्ध टुट्यो ।

मुमताजले मुख्य अभिनेत्रीको रूपमा आफ्नो करियरको सुरुवात ‘बी’ ग्रेड फिल्मबाट गरेकी थिइन् तर उनले आफ्नो अभिनयले हरेकलाई प्रभावित पारिन् र ‘ए’ ग्रेड फिल्मकी शीर्ष अभिनेत्री बनिन् ।

मुमताजको जन्मदिनको अवसरमा उनका जीवनमा केही रोचक पाटाबारे जानकारी लिऔँ

mumtazआमाबुवाको सम्बन्धविच्छेद भयो, बाल्यकाल गरिबीमा बित्यो

मुमताजको जन्म ३१ जुलाई सन् १९४७ मा मुम्बईको अब्दुल सलिम अस्करी र शादी हबिब आगाको घरमा भएको थियो । मूल रूपमा उनको परिवार इरानको मशहदका बासिन्दा थिए । मुमताज जन्मिएको एक वर्षपछि नै उनका आमाबुवाको सम्बन्धविच्छेद भयो । सम्बन्धविच्छेद पछि आमा मुमताज र उनकी बहिनी मल्लिकालाई लिएर आफ्नो घर गइन् । उता बुवाले दोस्रो विवाह गरे, उनका दुई छोरा जन्मिए ।

मुमताजको बाल्यकाल गरिबीमा बित्यो । परिवारको गुजाराका लागि आमाले इन्डस्ट्रीमा सानो तिनो काम गर्न थालिन् । साना बच्चाले फिल्ममा काम गरेको देखेर उनको पनि आफ्नो छोरीहरूलाई फिल्ममा काम गराउने इच्छा जाग्यो । यसै कारण उनले आफ्ना दुवै छोरीलाई सेटमा लैजान थालिन् । 

आमाको यो सपना पूरा पनि भयो । ११ वर्षकी सुन्दर मुमताजले सन् १९५८ को फिल्म ‘सोने की चिडिया’ मा काम गर्ने मौका पाइन् । त्यसपछि उनले लगातार फिल्ममा काम गरिरहिन् । 

mumtaz1१४ वर्षको उमेरमा दारा सिंहसँग काम

१४ वर्षको उमेरमा मुमताजले पहिलो पटक ए ग्रेड फिल्म ‘गहरा दाग’ मा काम गरेकी थिइन् । फिल्ममा उनले हिरोकी बहिनीको भूमिका निभाएकी थिइन्, जसले बक्स अफिसमा राम्रो कमायो ।

त्यति बेला इन्डस्ट्रीमा दारा सिंहको एक्स फिल्मको समय थियो । दारा सिंह अगला थिए त्यसैले कोही पनि नायिका उनीसँग काम गर्न चाहँदैनथे । त्यति बेला उनको फिल्मका निर्देशक मोहम्मद हुसैनको नजर मुमताजमा पर्‍यो । उनले दारा सिंहकी नायिकाको रूपमा मुमताजलाई छाने । दारा सिंहले यसमा आफ्नो सहमति जताए ।

काम पाउने आशामा मुमताज पनि दारा सिंहसँग काम गर्न राजी भइन् र यी दुईले फिल्म फौलादमा पहिलो पटक सँगै काम गरे । त्यसपछि उनले बी ग्रेडको फिल्ममा काम गर्न जारी राखिन् । उनले दारा सिंहको तुलनामा आधा मात्रै पारिश्रमिक लिने गर्थिन् ।

मुमताज आज पनि दारा सिंहका कारण आफ्नो करियर सफल भएको भन्ने गर्छिन् । यी दुईले एक अर्कालाई मन पराउन थाले भन्ने अफवाह पनि फैलिएको थियो । यद्यपि, यसमा यी दुईले कहिल्यै प्रतिक्रिया दिएनन् । स्मरण रहोस्, मुमताजकी बहिनी मल्लिकाको विवाह दारा सिंहका भाइ एसएस रंधावासँग भएको थियो ।

mumtaz2शशि कपुरले हिरोइन बनाउन अस्वीकार गरेका थिए

बी ग्रेड फिल्मका कारण मुमताजले ए ग्रेड फिल्ममा काम पाउन छाडिन् । उनलाई एक्सन गर्लको नाम दिइएको थियो । यो कुराले उनलाई पनि सताएको थियो ।

मुमताजकी बहिनी मल्लिका पनि फिल्ममा काम गर्थिन् । धेरैजसो फिल्महरूमा उनी अभिनेता मेहमूदको अपोजिटमा अभिनय गर्थिन् । 

एक पटक महमूद कुनै कामको सिलसिलामा उनको घर गए, त्यति बेला उनको नजर मुमताजमाथि पर्‍यो । मुमताजको सुन्दरताले उनलाई कायल बनायो । उनलाई आफ्नो फिल्ममा मुमताजलाई कास्ट गर्ने उत्कट चाहना भयो । यो कुराले मल्लिका महमूदसँग रिसाइन् पनि ।

सन् १९६६ मा रिलिज भएको ‘प्यार किए जा’ मा मुमताजले महमूदको अपोजिटमा काम गरेकी थिइन् । यो फिल्मको सुटिङका बेला महमूदले शशि कपुरलाई मुमताजलाई आफ्नी अभिनेत्रीको रुपमा चयन गरिदिन आग्रह गरेका थिए । तर शशीले उनको यो कुरा मानेनन् । दारा सिंहसँग बी ग्रेड फिल्ममा काम गर्ने नायिकालाई आफ्नो हिरोइन कहिल्यै नबनाउने भनिदिए ।

mumtaz3दिलीप कुमार मुमताजसँग काम गर्न चाहँदैनथे 

फिल्म राम और श्याम मुमताजको करियरका लागि कोशेढुङ्गा साबित भयो । यो फिल्ममा उनी दिलीप कुमारको अपोजिटमा देखिइन् । सुरुमा दिलीप कुमार उनीसँग काम गर्न चाहँदैनथे । उनले महमूदसँग सानै उमेरकी मुमताजसँग आफू स्क्रिन सेयर गर्न असहज भएको बताएका थिए । त्यसपछि महमूदले सम्झाएपछि उनी राजी भइन् ।

त्यति बेला कोही पनि अभिनेता मुमताजसँग काम गर्न चाहँदैनथे । अभिनेत्रीहरू पनि उनीसँग कुरा गर्न हिचकिचाउँथे । कुनै कार्यक्रममा कोही पनि अभिनेत्री उनीसँग बस्न मान्दैनथे  । वहिदा रहमानले मात्रै उनीसँग राम्रो व्यवहार गर्थिन् । मुमताजले बी ग्रेड फिल्ममा अभिनय गरेका कारण यी सबै भइरहेको थियो ।

 

mumtaz8जितेन्द्र पनि स्क्रिन सेयर गर्न हिचकिचाउँथे

मुमताजसँग काम नगर्ने लिस्टमा अभिनेता जितेन्द्रको नाम पनि परेको थियो । फिल्म ‘बून्द जो बन गए मोती’ मा फिल्मका निर्देशक वी शान्तरामकी छोरी राजेश्वरी पहिलो पटक जितेन्द्रको अपोजिट थिइन् । यस्तै मुमताजले साइड रोल पाएकी थिइन् । पछि राजेश्वरीले केही कारणले फिल्म छोडिन्  र मुमताजलाई मुख्य अभिनेत्री बनाइयो ।

यो खबर आउने बित्तिकै जितेन्द्रले निर्देशकलाई मुमताजसँग फिल्ममा काम नगर्ने बताए । कारण यो थियो कि यसअघि मुमताजले कुनै पनि ए ग्रेड फिल्ममा मुख्य भूमिका निभाएकी थिइनन् । पछि, निर्देशकले मनाएपछि जितेन्द्र फिल्ममा काम गर्न राजी भए ।

mumtaz4कपूर खानदानको परम्पराका कारण शम्मी र मुमताजको सम्बन्ध टुट्यो 

सन् १९६८ मा आएको फिल्म ब्रह्मचारीमा शम्मी कपूर र मुमताजको जोडी निकै रुचाइएको थियो । फिल्मको ‘आजकल तेरे मेरा प्यार के चर्चे’ गीतमा यी दुईबीचको केमेस्ट्री निकै राम्रो थियो । फिल्मको सुटिङका क्रममा शम्मीले उनलाई मन पराउन थाले ।

सुटिङकै क्रममा मुमताजले आफूलाई पनि शमी मन पर्न थालेको बताएकी थिइन् । शशी मुमताजका पहिलो क्रस हुन् । मुमताजको मनको कुरा थाहा भएपछि शशी उनीप्रति झनै आकर्षित भए । सुटिङका बेला उनीहरूको सम्बन्ध थप बलियो भयो ।

इन्डस्ट्रीमा पनि उनको अफेयरको खबर सार्वजनिक भयो । थुप्रै वर्षसम्म यी दुई सम्बन्धमा रहे । एक दिन शम्मीले उनलाई विवाहका लागि प्रस्ताव राखे तर यो प्रस्तावसँगै उनले यस्तो कुरा भने जसका कारण उनीहरूको सम्बन्ध टुट्यो ।

कपुर खानदानको परम्परा अनुसार विवाहपछि बुहारीले फिल्ममा काम गर्न पाउँदैन थिइन् । यो कुरा शम्मीले मुमताजलाई भनेपछि उनले विवाह गर्न मानिनन् । शमी उनीभन्दा २० वर्ष जेठा थिए र एक सफल अभिनेता पनि थिए । यस्तै मुमताज इन्डस्ट्रीमा नयाँ नै थिइन् र धेरै वर्ष काम गर्न चाहन्थिन् । 

मुमताजको यो निर्णयले शम्मीको मन टुट्यो र उनले नायिकासँग कहिल्यै विवाह नगर्ने निर्णय गरे । यसै निर्णय अनुरूप उनले सन् १९७४ मा निला देवीसँग विवाह गरे ।

mumtaz6अस्वीकार गर्दा निर्देशकले शशी कपुरलाई हटाएर राजेश खन्नालाई हिरो बनाए

निर्देशक राज खोसलाको फिल्म ‘दो रास्ते’ मा पहिलो पटक मुमताजले राजेश खन्नासँग स्क्रिन सेयर गरेकी थिइन् । यद्यपि, राजेश खन्नाभन्दा अघि फिल्ममा शशी कपुरलाई कास्ट गरिएको थियो तर उनले मुमताजसँग काम गर्न मानेनन् । यसमा निर्देशकले ‘जे भए पनि फिल्मकी अभिनेत्री मुमताज नै हुने’ बताए । त्यसपछि राजेश खन्नालाई फिल्ममा हिरो बनाइयो ।

देव आनन्दकी बहिनीको भूमिका प्रस्ताव भएपछि काम गर्न मानिनन्

फिल्म ‘तेरे मेरे सपने में’ देव आनन्दसँग मुमताजले काम गरेकी थिइन् । फिल्म ‘हरे रामा हरे कृष्णा’ को कहानी देव आनन्दले मुमताजलाई सुनाए, उनले यसमा काम गर्न मानिनन् । वास्तवमा देव आनन्दले उनलाई बहिनीको भूमिका प्रस्ताव गरेका थिए । त्यति बेला उनले भनेकी थिइन्, ‘म यति रोमान्टिक हिरोको बहिनीको भूमिका कुनै पनि हालतमा निर्वाह गर्दिनँ ।’

उनको यो कुरा सुनेर देव आनन्द बेस्सरी हाँस्दै भने, ‘फिल्ममा तिमीले काम त गर्नेछौ तर मेरी हिरोइन बनेर ।’

त्यति बेला एक वर्षमा एक कलाकारले ६ वटा फिल्म मात्रै साइन गर्न सक्थे । कसैले सातौँ फिल्ममा अभिनय नगरोस् भनेर निगरानी गर्न एउटा कमिटी नै गठन गरिएको थियो । उनले सातौँ फिल्ममा हस्ताक्षर गर्दा मुमताजले उद्योगमा केही समयका लागि प्रतिबन्धको सामना गर्नुपर्‍यो । सुटिङका लागि नेपाल आउनुपर्ने थियो तर कमिटीले यहाँ पनि आउन नदिन हर सम्भव कोसिस गर्‍यो । यति बेला धर्मेन्द्रले मुमताजको मद्दत गरे र उनलाई विमानस्थलसम्म पुर्‍याए ।

mumtaz7मुमताजले भीडमा गएर राजेश खन्नाको ज्यान बचाइन्

सन् १९७१ मा फिल्म दुस्मनको सुटिङ एउटा गाउँमा भइरहेको थियो । राजेश खन्ना र मुमताज मुख्य भूमिकामा थिए । यति बेला राजेश खन्नाको स्टारडम यस्तो थियो कि प्रशंसक उनलाई देखेर पागल जस्तै हुन्थे । राजेश खन्नाको सुटिङ यहाँ हुँदै छ है भनेपछि मानिसको भीड जम्मा हुन्थ्यो । दुस्मनको सुटिङमा पनि त्यस्तै भयो । सुटिङ स्थलमा सुरक्षाको कुनै व्यवस्था थिएन । भीडले राजेश खन्नालाई चारै तिरबाट घेरे । कोही उनलाई छुने कोसिस गरिरहेका थिए भने कोही उनीसँग कुरा गर्नका लागि आतुर थिए । भीड यति अनियन्त्रित थियो कि त्यसले दुर्घटनासमेत निम्त्याउँथ्यो ।

यो सबै देखेर राजेश खन्ना तनावमा परे । के गर्ने भनेर उनले बुझ्न सकेनन् । उनको अवस्था देखेर मुमताज भीडमा प्रवेश गरेर मानिसलाई सम्झाएर राजेश खन्नालाई त्यहाँबाट बाहिर निकालिन् ।

mumtaz9मुमताजलाई उठाउने क्रममा राजेश खन्नाको देब्रे काँधमा चोट लाग्यो 

फिल्म रोटी सन् १९७४ मा रिलिज भएको थियो जसमा राजेश खन्नासँग मुमताज देखिएकी थिइन् । फिल्मको क्लाइम्याक्स दृश्य थियो जसमा राजेश खन्नाले मुमताजलाई काँधमा बोकेर हिउँले भरिएको मैदानमा दौडनु पर्दथ्यो । यसका लागि परफेक्ट सट दिन राजेश खन्नाले ८ दिनसम्म अभ्यास गरे, त्यसपछि यो दृश्य खिचियो । यो दृश्यको छायाङ्कन सकिएपछि उनको बायाँ काँधमा रातो दाग थियो किनभने त्यस बेला मुमताजको तौल अलि बढी थियो । यसै कारण राजेश खन्नाको काँधमा चोट लागेको थियो ।

राजेश खन्ना र मुमताजको मित्रता निकै गहिरो थियो । जब मुमताजले अर्को अभिनेतासँग फिल्म साइन गर्थे, राजेश खन्ना रिसाउँथे । त्यसमा मुमताजले उनलाई भन्थिन्, ‘तिमी पनि अरू नायिकासँग फिल्म साइन गर्छौ तर म रिसाउँदिनँ । ’

mumtaz11सानै उमेरमा विवाह गरेपछि करियरमा गिरावट

मुमताज आफ्ना आमाबाबुको लागि सधैँ असल छोरी थिइन् । उनी करियरको उत्कर्षमा रहँदा आमाबुवाले उनको विवाह होस् भन्ने चाहे । उनले परिवारको यो कुरा पनि मानिन् । उनी २४ वर्षको हुँदा उनको विवाह व्यापारी मयुर माधवानीसँग तय भयो । त्यसपछि २६ वर्षको उमेरमा उनले विवाह गरिन् ।

उनको यो कदमले धेरै जना चकित परे । यो कदमले उनको करियर ध्वस्त हुने धेरैले बताए । यस्तै भयो पनि । विवाहपछि उनको हरेक फिल्म फ्लप भए ।

mumtaz5छिटो विवाह गरेको भन्दै राजेश खन्ना पनि उनीसँग धेरै रिसाए । 

एक अन्तर्वार्तामा मुमताजले भनेकी थिइन्, ‘मेरो तीन चार पटक गर्भपतन भएको थियो । क्यान्सरको लडाइँमा मलाई मेरा श्रीमानले मात्रै साथ दिए ।’

सन् १९९० को फिल्म आंधियां उनको करियरको अन्तिम फिल्म थियो । मयुर माधवानी र उनका दुई छोरी छन् – नताशा र तान्या । 

– दैनिक भास्कर


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप