सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कहिल्यै स्कुल गइनन् कट्रिना, १४ वर्षमा मोडल : भारत घुम्न जाँदा फिल्म पाइन्, महेश भट्टले पहिलो दिन नै निकालिदिए

आइतबार, ३१ असार २०८०, ११ : ५९
आइतबार, ३१ असार २०८०

सन् २००० मा बेलायती मूलकी १७ वर्षकी एक विदेशी किशोरीले आफ्ना केही साथीसँग भारत घुम्न आएकी थिइन् । भारतमा उनी फेसन शो हेर्न पुग्दा उनलाई एक फिल्म निर्माताको नजर पर्‍यो । उनले यहाँ नै फिल्मको प्रस्ताव पाइन् । छोटो भ्रमणका लागि भारत पुगेकी ती किशोरी लगातार फिल्ममा अभिनय गर्दै कहिल्यै विदेश फर्किइनन् र त्यहाँ नै विवाह गरेर घर बसाइन् । ती किशोरी अरू कोही नभई कट्रिना कैफ हुन् ।

भारतकी बार्बी गर्ल भनिने कट्रिनालाई अहिले कुनै परिचयको आवश्यकता पर्दैन । यद्यपि, यहाँसम्म आइपुग्नेको उनको यात्रा कठिनाइ र सङ्घर्षयुक्त रह्यो । कट्रिना कैफका पिताले उनका ६ भाइ बहिनी र आमालाई अस्वीकार गरेका थिए । यस्तोमा सबैको जिम्मेवारी आमाले एक्लै एक देशबाट अर्को देशमा कामको खोजी गर्दा गर्दै उठाइन् । कट्रिना कहिल्यै स्कुल जान पाइनन्, बाल्यकालमा कुनै सुख–सुविधा पनि पाइनन् । १४ वर्षमा उनले एक सौन्दर्य प्रतियोगिता जितेपछि उनको सफलताको यात्रा सुरु भयो ।

आज कट्रिनाको ४० औँ जन्मदिनको विशेष मौकामा उनीबारे केही जानकारी लिऔँ ।

कट्रिना सानै हुँदा बुबाले परिवारलाई अस्वीकार गरे

कट्रिना कैफको जन्म १६ जुलाई १९८३ मा हङकङको भिक्टोरियामा भएको थियो । उनका पिताको नाम मोहम्मद कैफ हो, उनका पुर्खाहरू कश्मीरका थिए । मोहम्मद कैफका पुर्खाहरू अमेरिकामा बसाई सरे र त्यहाँ व्यापार गर्न थाले । कट्रिना कैफकी आमाको नाम सुजेन टुर्कोट हो, जो एक वकिल र सामाजिक कार्यकर्ता हुन् ।

कट्रिनाका आमाबुवा विवाहपछि हङकङमा बसे । कट्रिना कैफको जन्म हङकङमा जेठो छोरा सेबास्टियन र तीन जेठी छोरी स्टेफनी, क्रिस्टिन र नताशापछि भएको थियो। कट्रिनाका तीन सानी बहिनी मेलिसा, सोनिया र इसाबेल पनि छन्।

केही समयपछि आपसी मतभेद बढ्न थालेपछि कट्रिनाका आमाबुवाको सम्बन्ध विच्छेद भयो । सम्बन्ध विच्छेद पछि बुबा मोहम्मद कैफले सुजैनको जिम्मामा ८ सन्तान छोडे र कहिल्यै आर्थिक वा अन्य सहयोग गरेनन् । बुबाले अस्वीकार गरेपछि आमाले विभिन्न सहरमा काम गरेर छोराछोरी हुर्काउन थालिन् । त्यस बेलादेखि आजसम्म कट्रिनाले आफ्नो बुवालाई भेट्न पाएकी छैनन् ।

katrinaआर्थिक अभावका कारण कट्रिना कहिल्यै स्कुल जान सकिनन्

कामको सिलसिलामा कट्रिना कैफकी आमा सुजैनले लगातार सहर र देश परिवर्तन गर्नुपरेको थियो । एकै ठाउँमा बस्न नसक्दा उनले आफ्ना छोराछोरीलाई विद्यालयमा भर्ना गर्न सकिनन् । छोराछोरीलाई पढाउन घरमा विभिन्न शिक्षक बोलाइन्थ्यो ।

कट्रिनाले सुरुमा हङकङमा केही वर्ष बिताइन्, त्यसपछि परिवार चीन गयो । त्यहाँबाट जापान, फ्रान्स, स्विट्जरल्याण्ड, पोल्यान्ड, बेल्जियम, हवाई र त्यसपछि लन्डन ।

१४ वर्षको उमेरमा सौन्दर्य प्रतियोगिता जितेर फेरियो भाग्य 

परिवारको आर्थिक अवस्था देखेर कट्रिना सानैदेखि मोडलिङको दुनियाँमा प्रवेश गरिन् । १४ वर्षको उमेरमा, उनले हवाईमा आयोजित सौन्दर्य प्रतियोगितामा भाग लिइन् र जितिन् । यो जितपछि कट्रिनाले एउटा ज्वेलरी ब्रान्डका लागि मोडलिङ गर्ने मौका पाइन् र त्यसपछि उनलाई लगातार मोडलिङ प्रोजेक्टहरू आउन थाल्यो । 

कट्रिनाको प्रतिभाले उनलाई लन्डन फेसन विकसम्म डोहोर्‌यायो र उनले लन्डनमै व्यावसायिक मोडलको रूपमा काम गर्न थालिन् ।

katrina1कट्रिना कैफ कसरी भारत पुगिन् ?

कट्रिना कैफको मोडलिङको समयमा केही एसियाली सँग मित्रता गाँसियो । ती एसियाली भारत भ्रमणमा जाँदै थिए । उनीहरुले कट्रिनालाई पनि सोधे । यसमा कट्रिनाले रुचि देखाइन् र भारत पुगिन् । 

भारत पुगेर कट्रिना मुम्बईमा भइरहेको एक फेसन शोमा पुगिन् । यो शोमा फिल्म निर्माता कैजाद गुस्तादको नजर कट्रिनामा पर्‍यो । उनले त्यही शोमा कट्रिनालाई फिल्म अफर गरे । त्यो फिल्म सन् २००३ मा रिलिज भयो, फिल्मको नाम थियो बूम । यसमा कट्रिनाले सुपर मोडल रिनाको भूमिका निभाएकी थिइन् । फिल्ममा उनीसँग अमिताभ बच्चन, गुलसन ग्रोभर, ज्याकी श्रोफ पनि मुख्य भूमिकामा थिए । फिल्ममा कट्रिनाले गुलसनसँग किसिङ सीन पनि दिएकी थिइन् । 

फिल्ममा आउने बित्तिकै फेरिन् थर

बुवाले छोडेपछि कट्रिनाले आफ्नी आमा सुजैन टरकोटको थर प्रयोग गर्दै आएकी थिइन् तर फिल्ममा आउनका लागि उनले बुवाको थर प्रयोग गरिन् । मानिसलाई आफ्नो नाम बोलाउन सजिलो होस् भनेर उनले यसो गरेको बताएकी थिइन् । 

katrina6ज्याकी श्रोफकी श्रीमतीले बुवाको पहिचानमाथि प्रश्न उठाएकी थिइन्

सन् २०११ मा मुम्बई मिररलाई दिएको एक अन्तरवार्तामा ज्याकी श्रोफकी श्रीमती आयशा श्रोफले कट्रिना बारे चकित पार्ने खुलासा गरेकी थिइन् । उनले कट्रिनाका बुवा बारे ठोस जानकारी नभएका कारण आफैँले उनको लागि पहिचान बनाएको दाबी गरिन् ।  उनले भनेकी थिइन्, ‘कट्रिना एक सुन्दर, जवान विदेशी केटी थिइन् । हामीले भारतीय जनताका लागि उनलाई कश्मीरी पिताको नाम दिएका थियौँ । हामीले सुरुमा उनको नाम कट्रिना काजी राखेका थियौँ तर त्यो असाध्यै धार्मिक जस्तो लागिरहेको थियो । ’

‘त्यति बेला क्रिकेटर मोहम्मद कैफ धेरै लोकप्रिय थिए, त्यसैले हामीले उनको बुबाको नाम मोहम्मद कैफ र उनको नाम बदलेर कट्रिना कैफ राख्यौँ,’ आयशाले भनेकी थिइन् ।

आयशाको यस्तो भनाइ बाहिरिएपछि कट्रिनाले यसको विरोध गर्दै यसलाई असाध्यै निकै पीडादायी बताइन् । स्मरण रहोस्, कट्रिनाको पहिलो फिल्म बूमको निर्माता आयशा श्रोफ थिइन् । फिल्म फ्लप हुँदा १८ करोड घाटा लागेको थियो । जसका कारण आयशा यति ऋणमा डुबेकी थिइन् कि उनले आफ्नो घरको फर्निचर समेत बेच्नु परेको थियो ।

katrina5किङफिशर क्यालेन्डर र धेरै विज्ञापनमा देखिइन्

कट्रिनाको डेब्यु फिल्म बूम फ्लप भए पनि उनलाई अन्य धेरै फिल्म र मोडलिङ प्रोजेक्टको अफर आउन थाल्यो । लगातार काम पाएपछि कट्रिनाले भारतमै बसेर मोडलिङ करियरलाई अघि बढाउन थालिन् । इन्डियन फेसन विकमा फेसन डिजाइनर रोहित बहलका लागि वाक गर्दा कट्रिना कैफ निकै चर्चामा आएकी थिइन् । यसपछि उनी किङफिसर क्यालेन्डर, कोकाकोला, एलजी, फेभिकोलको एडमा पनि देखिइन् ।

महेश भट्टले फिल्मको पहिलो दिन नै निकाले

महेश भट्टले कट्रिना कैफलाई फिल्म सायामा साइन गरेका थिए । अघिल्लो फिल्ममा उनको उच्चारणको निकै आलोचना भएको हुनाले उनले यो भूमिकाका लागि हिन्दी भाषा सिकिन् । कट्रिनाले फिल्मको अडिसन दिँदा महेश उनको अभिनयबाट सन्तुष्ट थिए, तर पहिलो दिनको सुटिङ सुरु भएपछि उनलाई कट्रिनाको अभिनय चित्त बुझिरहेको थिएन । अडिसनमा कट्रिनाले जस्तो अभिनय गरेकी थिइनन्, उनले सुटिङमा गर्न नसकेको भन्ने लाग्यो । त्यसैले महेशले पहिलो दिनमै कट्रिनालाई फिल्मबाट निकालिदिए । फिल्ममा जोन अब्राहम सँगै तारा शर्मालाई कास्ट गरिएको थियो ।

पहिलो तेलुगु फिल्मबाट सबैभन्दा धेरै कमाउने अभिनेत्री बनिन्

बलिउडमा काम नपाएपछि कट्रिनाले तेलुगु फिल्म मल्लिसवारी (२००४) मा काम गरिन् । यस फिल्मका लागि ७.५ लाख पारिश्रमिक लिएर कट्रिना साउथकी सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री बनिन् । यस फिल्मका लागि कट्रिनालाई फिल्म फेयरमा साउथको सर्वोत्कृष्ट अभिनेत्रीको लागि मनोनयन गरिएको थियो । त्यसको अर्को वर्ष फिल्म सरकारमा कट्रिना अभिषेक बच्चनकी प्रेमिकाको भूमिकामा देखिइन् ।

katrina2सलमान खानसँगको पहिलो भेट र करियरको दोस्रो इनिङ

मोडलिङका दिनमा कट्रिना कैफको दोस्ती सलमान खानकी बहिनी अलविरा खानसँग भयो । दोस्ती बढेपछि अलविराले कट्रिनालाई सलमानको जन्मदिनको पार्टीमा बोलाइन्, जुन उनको घरमा भइरहेको थियो । कट्रिना उनको घर पुग्दा सलमान खान अचानक सर्ट नलगाईकन कोठामा आइपुगे । सलमानलाई शर्टलेस देखेर कट्रिना बेस्सरी हाँस्न थालिन् ।

कट्रिना भारतमा नयाँ थिइन् र सलमान खान एक सुपरस्टार हुन् भन्ने उनलाई थाहा थिएन । कट्रिनालाई हाँसिरहेको देखेर सलमानले स्पष्टीकरण दिँदै भनेका थिए, ‘म भर्खरै नुहाएर आएको हुँ । पाहुना आइसकेका छन् र मेरो प्रतीक्षा गरिरहेका छन् भन्नेबारे मलाई पहिले नै थाहा थिएन । त्यसपछि पार्टीमा यी दुईबीच छोटो कुराकानीमा नै दोस्ती भयो । त्यसको केही समय पछि नै सलमानले कट्रिनालाई आफ्नो अर्को फिल्म ‘मेने प्यार क्यों किया’ को अफर दिए । फिल्ममा मोडल बनेकी कट्रिनालाई सलमानको साथले देश भरी पहिचान दिलायो र यहाँबाट नै उनको करियरको दोस्रो इनिङ सुरु भयो ।

पछि कट्रिनाले ‘हमको दिवाना कर गए, नमस्ते लन्डन, वेलकम, पार्टनर, सिंह इज किङ, अजब प्रेमकी गजब कहानी र राजनीति जस्ता थुप्रै हिट फिल्ममा देखिइन् ।’

कट्रिनाका लागि बडीगार्ड शेरालाई तैनाथ गर्थे

सँगै काम गर्दा गर्दै कट्रिना कैफ र सलमान खान नजिकिए । दुबै जना एक–अर्काका लागि निकै सिरियस थिए । कट्रिना आफैँले पनि उनको जीवनको यो पहिलो सिरियस सम्बन्ध थियो भनेर स्वीकारेकी थिइन् । सन् २००७ मा कालो हरिण सिकारको मुद्दामा सलमान खान जेल जाँदा उनका लागि प्रार्थना गर्न कट्रिना अजमेर शरिफ गएकी थिइन् । यी दुई धेरैजसो सँगै समय बिताउँथे ।

सलमान कुनै कामले बाहिर जाँदा उनले आफ्ना इमानदार बडीगार्ड शेरालाई कट्रिनाका लागि तैनाथ गर्दथे । धूम थ्रीको रिलिज अघि आमिर खानले आफू सलमान र कट्रिनाको विवाह भएको हेर्न चाहेको बताएका थिए । तर समयसँगै कट्रिना र रणवीर कपुर नजिकिए र सलमानसँग उनको सम्बन्ध तोडियो । अलग्गिएपछि पनि सलमान र कट्रिना टाइगर जिंदा है, भारतजस्ता फिल्ममा सँगै देखिए ।

katrina3विपुल शाह रिसाएका थिए, भारत छोड्न सामान 

कट्रिना कैफ सन् २००७ मा आएको फिल्म नमस्ते लन्डनमा अक्षय कुमारको अपोजिट देखिएकी थिइन् । फिल्मका निर्देशक विपुल अमृतलाल शाह थिए । फिल्म तयार भएपछि विपुलले कट्रिनालाई फिल्म हेर्न बोलाए । फिल्म देखाएपछि विपुलले कस्तो लाग्यो भनेर सोधे । कट्रिनाले केही नभनी  चुपचाप त्यहाँबाट आफ्नो घर गइन् ।

कट्रिनालाई फिल्म पटक्कै मन परेन । उनलाई यो फिल्म पछि आफ्नो करियर बरबाद हुने महसुस भयो, त्यसैले उनले भारत छोड्नका लागि आफ्नो सामान प्याक गर्न सुरु गरिन् ।  केही समयपछि विपुलका सहायकले कट्रिनालाई फोन गरेर फिल्मबारे जवाफ नदिईकनै घर फर्किएका कारण विपुल रिसाएको जानकारी दिए । 

यो सुनेर कट्रिनाले विपुललाई फोन गरिन् र फिल्मको झूटो तारिफ गर्न थालिन् । उनले फिल्म रिलिज नभएसम्म भारतमै बस्ने निर्णय गरिन् । जब फिल्म रिलिज भयो, तब कट्रिनाको सबै भ्रम हट्यो किनभने यो फिल्म निकै हिट भयो ।

katrina4करीना कपुरले राष्ट्रिय टेलिभिजनमा कट्रिनालाई बुहारी भनेर सम्बोधन गरेकी थिइन्

सलमान खानबाट अलग भएपछि कट्रिना कैफको नाम रणवीर कपुरसँग जोडिएको थियो । उनीहरूको सम्बन्ध सन् २०१३ मा स्टारडस्टमा प्रकाशित फोटोसहित पुष्टि भएको थियो । आफ्ना निजी तस्बिर सार्वजनिक भएपछि कट्रिना निकै रिसाएकी थिइन् । 

केही समयपछि दुवैले लिभ–इनमा बस्न थाले र विवाहको खबर पनि आउन थाल्यो । यसैबीच, एक पटक करीना कपूर करण जोहरको शो कफी विथ करणमा रणवीरसँग पुगेकी थिइन् । र्यालपिड फायर राउन्डमा करणले करीनालाई कुन अभिनेत्रीसँग गे इन्काउन्टर गर्न सकिन्छ भनेर सोधे । यसको जवाफमा करीनाले आफ्नी बुहारी कट्रिनासँग गे इन्काउन्टर गर्न सहज हुने बताएकी थिइन् । करीनाको यो जवाफले रणवीर र कट्रिनाको विवाहको खबर बाहिरियो । तर सन् २०१६ मा यी दुई अचानक अलग्गिए ।

करण जोहरका कारण विक्कीसँग पहिलो भेट

फिल्मफेयरलाई दिएको एक अन्तर्वार्तामा कट्रिना कैफले २०१९ मा आफू सिंगल भएको बताएकी थिइन् । त्यसको केही समयपछि करणले कफी विथ करणमा कट्रिनालाई  कोसँग फिल्म गर्न चाहन्छिन् भनेर सोधे । त्यसपछि उनले विक्की कौशलको नाम लिइन् । केही समयपछि, करणले सोही शोमा विक्कीलाई यो कुराबारे बताउँदा उनी लजाउन थाले ।

katina5विक्कीले सन् २०१९ मा सलमानको अगाडि कट्रिनालाई प्रपोज गरेका थिए

सन् २०१९ मा, विक्की कौशलले स्टार स्क्रिन अवार्डमा खुलेरै आफ्नो प्रेम व्यक्त गरे । उक्त अवार्ड शोमा सलमान पनि सहभागी थिए । विक्कीले स्टेजबाट भनेका थिए, ‘म तपाईंको ठुलो फ्यान हुँ । बिहेको सिजन चलिरहेको छ, तपाईंले पनि विक्की कौशललाई खोजेर विवाह किन गर्नुहुन्न ? ’ त्यसपछि विक्कीले सोधे, ‘मसँग विवाह गर्नुहुन्छ ?’

जवाफमा कट्रिनाले भनिन्, ‘हिम्मत छैन । ’ त्यसपछि उनीहरूलाई विभिन्न कार्यक्रममा सँगै देख्न थालियो । दुवैको सम्बन्धको खबर आयो तर दुवैले हरेक पटक अस्वीकार गरे ।

एउटा हुडीले खोल्यो सम्बन्धको पोल

२०२० मा वर्षाको मौसममा, कट्रिनाले सेतो हुडीमा एउटा तस्बिर साझा गरेकी थिइन् । उक्त हुडी विक्कीको थियो । सन् २०२१ मा, विक्की–कट्रिनाले निर्देशक कबीर खानको घरमा गोप्य रोका समारोह गरे, जसमा केही नजिकका साथीहरू मात्र उपस्थित थिए ।

katrina kaif२२० करोड भारुको सम्पत्तिको मालिक

कट्रिना करिब २२४ करोड भारुकी मालिक हुन् । कट्रिनाले एउटा फिल्मको लागि ११ करोड पारिश्रमिक लिन्छिन् । 

ब्युटी ब्रान्डकी मालिक हुन् कट्रिना

कट्रिना ब्युटी ब्रान्ड ‘के ब्युटी’ की मालिक हुन् । यसबाहेक उनी नायका फेशन र कस्मेटिक ब्रान्डकी पनि लगानीकर्ता हुन् । मिडिया रिपोर्टका अनुसार कट्रिनाले नायकामा ४ करोड भारु लगानी गरेकी थिइन्, यसबाट उनले २४ करोड भारु पाइन् । 

दैनिक भास्कर

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप