बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

२६ वर्षको उमेरमा ३ विवाह, रोग र मृत्यु : ९ वर्षमा ३२ हिट फिल्म, जीन हार्लोको बेड अझै सङ्ग्रहालयमा

बुधबार, २४ जेठ २०८०, १२ : ५४
बुधबार, २४ जेठ २०८०

सन् १९३० को समयकी जीन हार्लो अझै पनि हलिउडको सबैभन्दा सफल अभिनेत्रीमा गनिन्छिन् । कारण, २६ वर्षको उमेरमा ३२ हिट फिल्म । त्यो समयमा जब अमेरिका महामन्दीबाट गुज्रिरहेको थियो । जीन हार्लो एमजीएम स्टुडियोको सबैभन्दा रुचाइएकी अभिनेत्री रहिन् ।

२६ वर्षको उमेरसम्म उनले ३ विवाह गरिन्, एक अफेयर पनि थियो । त्यसै बेला उनलाई थुप्रै रोगले घेरे जसका कारण उनको मृत्यु नै भयो ।  यति कम उमेरमा पनि, हार्लोले हलिउडमा यस्तो छाप छोडिन् कि अमेरिकामा उनको सङ्ग्रहालय बनाइयो । जहाँ उनका सबै सामान राखिएको छ । उनको त्यो ओछ्यान पनि त्यस्तै राखिएको छ, जसमा उनी सुत्ने गर्थिन् ।

आज जीन हार्लोको ८६ औँ पुण्य तिथि, उनको रोचक जीवनका अछुतो पाटोबारे जानकारी लिऔँ ।  

1505757402-jean-harlow-childhood-photosसानै उमेरमा आमाबुवाको सम्बन्ध विच्छेद देखिन्

जीन हार्लोको जन्म ३ मार्च, १९११ मा संयुक्त राज्य अमेरिकाको कन्सास सहरमा मोन्टक्लेयर कारपेन्टर (दन्त चिकित्सक) र जीन पो कारपेन्टरको घरमा भएको थियो । हार्लोका आमाबाबुको वैवाहिक जीवन खासै राम्रो चलिरहेको थिएन । तर पनि उनीहरू सँगै बसिरहेका थिए । हार्लोलाई बाल्यकालदेखि नै ‘बेबी’ नामले बोलाइन्थ्यो । उनलाई ५ वर्षको उमेरसम्म आफ्नो वास्तविक नाम हार्लो भन्ने थाहा थिएन । पछि, जब उनी फिल्महरूमा देखा परिन्, उनले आफ्नो नामको अगाडि आफ्नी आमाको नाम जीन जोडिन् र जीन हार्लो भइन् ।

हार्लोको पढाइ सकिएपछि उनका आमाबाबुको सम्बन्ध विच्छेद भयो । उनी सधैँ आफ्नी आमासँग नजिक थिइन् त्यसैले सम्बन्ध विच्छेदपछि हार्लोको कस्टडी पनि आमाले पाइन् । यद्यपि, उनी आफ्ना बुवालाई पनि असाध्यै माया गर्थिन् तर सम्बन्ध विच्छेदपछि उनले बुवालाई भेट्ने मौका पाइनन् । 

jean harlow1प्रेमीलाई भेट्ने चाहनामा आमा सधैँ स्कुल पठाउँथिन्

३२ वर्षको उमेरमा, आमा जिन छोरी हार्लोलाई लिएर नायिका बन्ने चाहनामा हलिउड गइन् । यद्यपि, उनले फिल्ममा काम पाइनन् । उनको उमेर धेरै भएको भन्दै उनी अभिनेत्री बन्न नसक्ने बताइयो । त्यहाँका मानिसले उनकी छोरी हार्लोको अनुहार फोटोजेनिक भएको भन्दै फिल्मका लागि भविष्यमा कोसिस गर्न सक्ने बताए ।

त्यसपछि आमाले हार्लोलाई हलिउड स्कुल फर गर्ल्समा भर्ना गरिदिइन् तर केही कारणवश उनले बीचमा नै आफ्नो पढाई छोड्नुपर्‍यो । त्यसपछि उनलाई अर्को स्कुलमा भर्ना गरियो । आमाले हार्लोलाई सधैँ स्कुल पठाउँथिन् किनभने उनको स्कुल नजिकै उनका प्रेमीको घर थियो । हार्लो स्कुल गएपछि आमा जीन दिनभरि प्रेमीसँग बस्थिन् ।

jean harlow१६ वर्षको उमेरमा पहिलो विवाह

यो समयमा हार्लोको भेट १९ वर्षीय म्याकग्रुसँग भयो । यी दुईले लामो समयसम्म डेट गरे, त्यसपछि सन् १९२७ मा विवाह गरे । त्यति नै बेला हार्लोकी आमाले पनि दोस्रो विवाह गरिन् । तर उनी त्यो विवाह सामेल भइनन् । विवाहपछि श्रीमान्सँग हार्लो लस एनजिल्स गइन् । धनी भएका कारण न त हार्लो काम गर्थिन् न नै उनका श्रीमान् । दुई जना दिनरात रक्सीको नशामा डुबिरहन्थे ।

jean-harlow-mother-jeanआमाको दबाबमा फिल्म क्षेत्रमा कदम राखिन्

यहाँ बस्दै गर्दा, हार्लोको दोस्ती रोजली रोयसँग भयो । हार्लोले उनलाई ड्राइभ गरेर धेरैजसो फक्स स्टुडियो लैजाने गर्थिन्, जहाँ रोजली फिल्मको अडिसन दिन जाने गर्थिन् । यतिबेला स्टुडियोका एग्जिक्युटिभको नजर हार्लोमा पर्‍यो र उनले फिल्ममा काम गर्नका लागि अप्रोच गरे तर हार्लोले मानिनन् ।

यो कुरा उनले आफ्नी आमालाई भनेपछि उनले हार्लोलाई अडिसनका लागि दबाब दिइन् । सुरुवाती अडिसनमा उनी अस्वीकारमा परिन् तर आमाको दबाबमा उनले स्टुडियोमा स–सानो काम गर्न थालिन् । स्टुडियोमा काम गर्ने बेला उनले पहिलो पटक फिल्म अनर बाउन्ड (१९२८) मा काम गर्ने मौका पाइन् ।  

jean harlow2फिल्ममा काम गरेकै कारण डिभोर्स भयो

यसपछि हार्लोले सर्ट फिल्ममा काम गर्न थालिन् । उनको अभिनयलाई मानिसहरूले धेरै मन पराउन थाले, जसका कारण उनको करियरमा वृद्धि देखियो तर उनको वैवाहिक जीवनमा नराम्रो प्रभाव पर्‍यो । फलस्वरूप, दुई वर्षपछि हार्लो र म्याकग्रेको सम्बन्ध विच्छेद भयो । सम्बन्ध विच्छेदपछि उनी पुनः आफ्नी आमा भए ठाउँ गइन् । 

कपाल रङ्गाउनको लागि १०,००० डलरमा हेयर ड्रेसर राखिन्

जब हार्लोले सफलता पाउन थालिन् निर्देशक हावर्ड ह्युजेसले उनलाई फिल्मको पर्दामा अझ ग्ल्यामरस देखाउने विचार गरे । सबैभन्दा पहिला उनले पब्लिसिटी निर्देशकसँग मिलेर हार्लोलाई प्लेटिनम ब्लन्डको ट्याग दिए । त्यसपछि निर्देशकले १० हजार डलरमा एक हेयर ड्रेसरलाई नियुक्त गरे । उनको काम हप्तामा एक पटक हार्लोको कपाललाई डाई गरेर एक परफेक्ट ब्लन्ड लुक तयार गर्नु थियो । 

jean-harlow-colorफिल्मको सुटिङको क्रममा भयो ४ जनाको मृत्यु 

सन् १९३० मा रिलिज भएको फिल्म हेल्स एन्जलसमा हार्लोले व्यापक पहिचान पाइन् तर फिल्म बनाउने बेला चारजनाको मृत्यु भएको थियो । सन् १९२७ मा फिल्म बन्न सुरु भएको थियो । यति बेला निर्देशक हावर्ड ह्युजेसले पाइलटको लाइसेन्स पनि पाए, यसैको मद्दतले उनले फिल्ममा हवाई जहाजको दृश्य छायाङ्कन गर्ने योजना बनाए ।

सुटिङको सुरुवातमा नै उनको विमान एक दुर्घटनाको सिकार भयो तर यसमा कसैको पनि मृत्यु भएन । यो दुर्घटनापछि पनि उनी रोकिएनन् । उनले ४० विमानलाई भाडामा लिए, यसको प्रयोग उनले फिल्मको वास्तविक एक्सन सिक्वेन्स देखाउनका लागि गरे । यसका लागि उनले तालिमप्राप्त पाइलटलाई पनि भाडामा लिए । एक दिन विमान अवतरण गर्ने बेला तारमा फस्यो जसका कारण अल जनसन पाइलटको जलेर मृत्यु भयो । त्यसको भोलिपल्ट सिके फिलिप्सको मृत्यु एक विमान दुर्घटनामा भयो । यति नै बेला पाइलट रुपर्ट म्याकलिस्टरको पनि मृत्यु भयो तर उनको मृत्युको स्पष्ट कारण भने पत्ता लागेन । यति मात्रै होइन, एक दुर्घटनाको दृश्यमा म्याकेनिक फिल जोन्सको पनि मृत्यु भयो ।

यो फिल्म बनाउन ४ मिलियन डलरको खर्च आएको थियो र यो फिल्म बक्स अफिसमा ब्लकबस्टर साबित भएको थियो ।

jean harlow3दोस्रो श्रीमान्‌ले गरे आत्महत्या, निर्माताले हार्लोलाई फिल्मबाट निकाले

२१ औँ जन्मदिनपछि हार्लोको फक्स स्टुडियोसँगको सम्झौता समाप्त भयो । त्यसपछि उनले एमजीएम स्टुडियोसँग काम गर्न सुरु गरिन् । यहाँ उनलाई लुक्स र परफेक्ट कमेडी एक्टका लागि ठुलो रोल प्रदान गरिन्थ्यो । सन् १९३२ को कमेडी फिल्म रेड–हेडेड वुमनका लागि हरेक हप्ता १२५० डलर पारिश्रमिक दिइन्थ्यो ।

केही समयपछि हार्लोले पल बर्नसँग विवाह गरिन् । तर यी दुईको यो साथ केही महिनाका लागि मात्रै थियो । एक दिन हार्लो फिल्म रेड डस्टको सुटिङमा कतै बाहिर गएका बेला बर्नले घरभित्र आफूलाई गोली हाने । बर्नको आत्महत्याको कारणमा उनको नपुंसकता बताइयो । उनको यो अवस्थाका कारण उनी अपमानित महसुस गर्थे भन्ने गरिन्थ्यो । एक थरी मानिसले भने उनकी जेठी श्रीमतीले उनको हत्या गरिदिएको पनि दाबी गरे ।

श्रीमानको मृत्युपछि हार्लोको छवि खराब हुने डरले उनलाई फिल्म रेड–हेडेड वुमनबाट निकालियो र उनको साटो अर्को नायिकालाई कास्ट गरियो ।

jean-harlow-william-powellहलिउडकी ‘हिट मेसिन’

हार्लो र अभिनेता क्लार्क गेबलको जोडीलाई दर्शकले धेरै मन पराए । यसै कारण उनीहरूलाई फिल्म होल्ड योर म्यानमा कास्ट गरियो । दुवै सँगै भएको यो तेस्रो फिल्म थियो जुन बक्स अफिसमा हिट भयो ।

हार्लो ३० को दशकमा अमेरिकाको सबैभन्दा ठुलो अभिनेत्री थिइन् । सन् १९३२ सम्म, हार्लो एक मात्र एमजीएम अभिनेत्रीको रूपमा उभिएकी थिइन् जसका फिल्महरू लगभग सबै बक्स अफिस हिट थिए । फ्यानहरू उनका फिल्महरूप्रति यति कायल थिए कि महामन्दीको समयमा पनि हार्लोका फिल्महरूले बक्स अफिसमा राम्रो कमाइ गर्थे ।

कम्पनीको दबाबमा तेस्रो विवाह, ८ महिनामै सम्बन्ध विच्छेद

बर्नको मृत्युको हार्लोलाई गहिरो चोट लागेको थियो तर केही दिनपछि उनले बक्सर म्याक्स बेयरलाई डेट गर्न सुरु गरिन् । यद्यपि, त्यति बेलासम्म म्याक्सको जेठी श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको थिएन । अर्कोतर्फ हार्लोलाई एमजीएम कम्पनीले सिनेमेटोग्राफर हेरोल्ड रोसनसँग विवाह गर्न दबाब दिइरहेको थियो । यसको पछाडि कुनै कानुनी झमेला थियो । अन्ततः हार्लोले हेरोल्स रोसनसँग विवाह गरिन् ।

jean-harlow-recklessरक्सीबाट छुटकारा दिलाउन आमाले डाइटमा राखिन्

हेराल्ड र हार्लोको वैवाहिक जीवन ८ महिनासम्म मात्रै चल्यो । त्यसपछि उनीहरूको सम्बन्धविच्छेद भयो । त्यसपछि उनले एमजीएम स्टार विलियम पावेललाई डेट गरिन् । यी दुई करिब दुई वर्षसम्म सम्बन्धमा थिए तर पावेलले विवाह गर्ने बचन दिन नसक्दा यी दुई छुट्टिए । 

यति नै बेला अपेन्डेक्टोमी रोगका कारण हार्लोलाई अस्पताल भर्ना गरियो । केही समयपछि उनी पुनः आफ्नी आमा भए ठाउँ थिइन् । त्यति बेला हार्लोलाई रक्सीको लत लागिसकेको थियो । यसबाट छुटकारा दिलाउन आमाले उनलाई डाइटमा राख्न सुरु गरिन् । यसको उनीमाथि नकारात्मक असर पर्‍यो । डाइटका कारण उनको अनुहार सुक्यो, पेटमा ब्लटिङ भयो र कपाल पनि असाध्यै झर्न थाल्यो । अभिनयमा उत्कृष्ट थिइन्, यस्तो अवस्थामा पनि फिल्ममा काम पाउँदै गइन् ।

२६ वर्षको उमेरमा मृत्यु, गर्भपतनसमेत यो रोग बन्यो कारण

अन्तिम दुई वर्ष हार्लोका लागि कठिन भयो । उनी फिल्म साराटोगाको सुटिङ गरिरहेका बेला उनको दाँतमा समस्या देखियो । त्यसपछि शल्यक्रिया गरेर उनको चार वटा दाँत निकाल्नुपर्‍यो । दुई महिनापछि यसै शल्यक्रियाका कारण सङ्क्रमण भयो । साथै पेट सम्बन्धी समस्या पनि सुरु भयो । शरीर पूरै सुन्निएको थियो । रोगका कारण दिइने इन्जेक्सन डेक्सट्रोजले आराम दिनुको साटो स्लो पोइजनको काम गरिरहेको थियो । मृत्यु हुनु ४ दिन अघि उनको स्वास्थ्यमा केही सुधार देखिँदा उनी सुटिङ गर्न सेटमा फर्किइन् । तर ७ जुन १९३७ मा मिर्गौला फेल भएका कारण उनको मृत्यु भयो । मृत्यु हुँदा उनी २६ वर्षकी मात्रै थिइन् । 

उनको मृत्युका थुप्रै कारण बताइयो । हार्लो सानै हुँदा उनलाई स्कारलेट ज्वरो आएको थियो, जुन एक प्रकारको खतरनाक ज्वरो थियो तर उनकी आमाले यसको सही उपचार गराइनन् । यसै कारण उनको मिर्गौला बिस्तारै खराब भइरहेको थियो ।

jean-harlow-bedअर्को कारण यो पनि थियो कि २० वर्षको उमेरमा उनको दुई पटक गर्भपतन भएको थियो । उनलाई थुप्रै पटक इन्फ्लुएन्जा र निमोनिया पनि भयो । यो सबै रोगको राम्रोसँग उपचार भएको थिएन, यसै कारण उनी असाध्यै कमजोर भएकी थिइन् ।

हार्लोको मृत्युपछि उनका पार्टनर विलियम पावेलले फरेस्ट मेमोरियल पार्कमा एउटा निजी कोठा खरिद गरे । त्यहाँ हार्लोको समाधि स्थल पनि थियो । अमेरिकामा उनको एक म्युजियम आज पनि छ । जहाँ उनका ती सबै चिज सजाएर राखिएको छ । उनको ओछ्यान आज पनि त्यस्तै गरी मिलाएर राखिएको छ, जहाँ उनी आनन्दले सुत्ने गर्थिन् ।

हार्लोले फिल्म साराटोगाको ९० प्रतिशत सुटिङ पूरा गरेकी थिइन् । बाँकी १० प्रतिशत बढी डबलको मद्दतले पूरा गरियो । यो फिल्म बक्स अफिसमा हिट भयो । यो नै हार्लोको अन्तिम फिल्म थियो । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप