अध्यक्षले बैठक लाइभ गरौँ भन्नुभयो, हामीले नाइँ भन्न सकेनौँ : शर्मा
मङ्गलबार, १६ साउन २०८०, १४ : ३७
काठमाडौँ । माओवादी केन्द्रमा केन्द्रीय समिति बैठक लाइभ गर्ने विषयलाई लिएर नेताहरूले असन्तुष्ट जनाइरहेको बेला उपमहासचिव जनार्दन शर्माले समर्थन जनाएका छन् । लाइभ गर्ने विषयमा मतभेद भए पनि अध्यक्षले लाइभ गरौँ भनेपछि असहमति राख्न नहुने उनले बताए ।
‘अध्यक्ष कमरेडले लाइभ गरौँ भन्ने प्रस्ताव गर्नुभयो । उहाँले भनिसकेपछि असहमति जनाउने कुरा भएन । बैठक गोप्य राखे पनि भित्रको विषय बाहिर सबै मिडियामा आइहाल्छन् । भित्रको विषय खोतलखातल बनाएर धेरै बनाउँछन् बरु लाइभ नै गरेपछि मिडियालाई पनि सजिलो हामीलाई पनि सजिलो हुन्छ’, शर्माले भने ।
बैठक लाइभ गर्ने विषयमा नेताहरू गणेश साह, रामप्रसाद सापकोटा, कमला रोक्का लगायतका नेताहरूले भने असहमति जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात सेवालाई व्यवस्थित बनाउन अनिवार्य परिचयपत्र र पोसाक
-
२० वर्षपछि प्यालेस्टिनी विधायिका निर्वाचन नोभेम्बर २८ मा हुने
-
देउवा समूहले बोलायो पूर्वपदाधिकारी बैठक
-
करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्रीको निर्देशन
-
प्रतिनिधिसभामा चार विधेयक टेबुल
-
पूर्वी चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण