सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्षले बैठक लाइभ गरौँ भन्नुभयो, हामीले नाइँ भन्न सकेनौँ : शर्मा

मङ्गलबार, १६ साउन २०८०, १४ : ३७
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । माओवादी केन्द्रमा केन्द्रीय समिति बैठक लाइभ गर्ने विषयलाई लिएर नेताहरूले असन्तुष्ट जनाइरहेको बेला उपमहासचिव जनार्दन शर्माले समर्थन जनाएका छन् । लाइभ गर्ने विषयमा मतभेद भए पनि अध्यक्षले लाइभ गरौँ भनेपछि असहमति राख्न नहुने उनले बताए ।

‘अध्यक्ष कमरेडले लाइभ गरौँ भन्ने प्रस्ताव गर्नुभयो ।  उहाँले भनिसकेपछि असहमति जनाउने कुरा भएन । बैठक गोप्य राखे पनि भित्रको विषय बाहिर सबै मिडियामा आइहाल्छन् । भित्रको विषय खोतलखातल  बनाएर धेरै बनाउँछन् बरु लाइभ नै गरेपछि मिडियालाई पनि सजिलो हामीलाई पनि सजिलो हुन्छ’, शर्माले भने ।

बैठक लाइभ गर्ने विषयमा नेताहरू गणेश साह, रामप्रसाद सापकोटा, कमला रोक्का लगायतका नेताहरूले भने असहमति  जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप