‘कसले गर्न नचाहला...’ धर्मेन्द्रसँग चुम्बनको दृश्यमा शबाना आजमीको बोल्ड बयान
करण जोहरको हालै रिलिज भएको फिल्म ‘रकी और रानी की प्रेम कहानी’ निकै चर्चामा छ । फिल्म आफ्नो विषयवस्तुका लागि पनि चर्चित छ । बक्स अफिस कलेक्सनको कुरा गर्ने हो भने चार दिनमा यसले ५१ करोडको कमाई गरेको छ । आलिया भट्ट र रणवीर सिंहका प्रशंसकले उनीहरूको केमेस्ट्रीलाई मन पराइरहेका छन् । तर फिल्मको एउटा किसिङ सीनले भने चर्चाको केन्द्रमा छ । तर चुम्बनको दृश्य रणवीर र आलिया बीचको होइन । यो दृश्यमा दिग्गज अभिनेत्री शबाना आजमी र धर्मेन्द्र लिप–लक गरिरहेको देख्न सकिन्छ ।
फिल्मसँग जोडिएको यो चुम्बनको दृश्य सोसल मिडियामा एक प्रकारले छाएको छ । कतिले यो दृश्यको आलोचना गरिरहेका छन् । धेरैले यो दृश्य राख्नुपर्ने कारण के रहेछ भनेर पनि प्रश्न गरिरहेका छन् । आखिर ८७ वर्षको उमेरमा धर्मेन्द्र यो दृश्य गर्नका लागि किन राजी भए, यस्तै शबाना आजमीले पनि ७७ वर्षको उमेरमा यो बोल्ड दृश्य गर्नका लागि किन झिँजो मानिनन् भनेर धेरैलाई खुल्दुली भइरहेको छ । हालै, यसबारे शबाना आजमीको प्रतिक्रिया आएको छ ।
यसबारे कुरा गर्दै शबानाले भनिन्, ‘मैले कहिल्यै सोचेकी थिइनँ कि यसले यत्ति धेरै हङ्गामा मच्चाउनेछ । स्क्रिनमा चुम्बन गरेको दृश्य आउँदा मानिसहरू हाँस्छन् र हुटिङ गर्छन् तर सुटिङका बेला यो कहिल्यै मुद्दा बनेको थिएन । यो साँचो हो कि मैले पहिला स्क्रिनमा धेरै चुम्बनको दृश्य दिएकी छैन तर धर्मेन्द्रजस्ता ह्यान्डसम व्यक्तिसँग कसले गर्न नचाहला ?’
शबाना आजमीले यो दृश्यमा आफ्ना श्रीमानलाई पनि कुनै समस्या नभएको बताएकी छिन् । उनले भनिन्, ‘हामीले सँगै फिल्म हेर्यौँ । धेरै रमाइलो गर्यौँ ।’
यसअघि धर्मेन्द्रले चुम्बनको दृश्यबारे आफ्नो कुरा राखेका थिए । उनले भनेका थिए, ‘मैले पनि त्यस्तो सोचेको थिइनँ । तर यो जबरजस्ती राखिएको दृश्य भने होइन त्यसैले पनि यो गर्न राजी भएँ । मलाई के लाग्छ भने रोमान्सको कुनै उमेर हुँदैन ।’
धर्मेन्द्रले अन्तिम पटक फिल्म ‘लाइफ इन ए मेट्रो’ मा नफिसा अलीसँग चुम्बनको दृश्य दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण