मनाङमा सिङ्गुस खाँदा ६ जना बिरामी
मनाङ । हिमाली जिल्ला मनाङमा भुइँ बारुला (सिङ्गुस) खाँदा ६ जना बिरामी परेका छन् । मङ्गलबार दिउँसो चामे गाउँपालिका–३ कोतोस्थित मनाङमा काम गर्ने ६ जना मजदुरले सिङ्गुस पोलेर खाँदा बिरामी परेका हुन् ।
गोर्खाका सेते तामाङ, पहलमान थापा, उदयपुरकी लीला तामाङ, गोर्खाका दलबहादुर आले, गुन्जमान थापा, धादिङका प्रेमबहादुर घले, गोर्खाका वनबहादुर आले बिरामी परेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक नवीनकुमार भण्डारीका अनुसार सिङ्गुस खाएका सात जनालाई लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ । “सिङ्गुस खाएर रातिदेखि मुटु, छाती र सबै जीउ पोल्न थालेपछि उनीहरूलाई थप उपचारको लागि लमजुङ अस्पताल पठाइएको छ”, प्रनाउ भण्डारीले भने ।
उनका अनुसार सबै बिरामी अचेत अवस्थामा रहेका छन् । सिङ्गुस खाएर ३५ देखि ४८ उमेर समूहको रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण