वर्डक्याम्प काठमाडौँ २०२३ को तयारी तीव्र
काठमाडौँ । नेपाल–वर्डप्रेस कम्युनिटीले 'वर्डक्याम्प काठमाडौं २०२३' गर्ने भएको छ । आउँदो भदौ २२ र २३ मा काठमाडौंको गैरीधारामा कार्यक्रम गर्न लागिएको हो ।
वर्डक्याम्प काठमाडौं २०२३ डेभलपर, डिजाइनर, ब्लगर, वा प्लेटफर्मको असीमित सम्भावनाहरू अन्वेषण गर्ने प्रयोगकर्ता वा वर्डप्रेसको बारेमा उत्साही सबैका लागि उपयोगी हुने आयोजकको भनाइ छ । वर्डप्रेसका सबैस्तरका सीपहरू पूरा गर्न तयार पारिएको यो बृहत् कार्यक्रम समृद्ध सत्रहरू र नेटवर्किङ अवसरहरूले भरिएको हुने जनाइएको छ ।
आर्टिफिसियल इन्टेलिजेन्सको अत्याधुनिक विकासदेखि व्यावहारिक वेब डेभलपमेन्ट प्रविधिहरू, सामग्री सिर्जना (कन्टेन्ट क्रिएट) रणनीतिहरू प्रयोगकर्ता-केन्द्रित डिजाइन सिद्धान्तहरू, सर्च इन्जिन अप्टिमाइजेसनदेखि इ-कमर्स सम्बन्धी ज्ञानहरुबारेमा समेत कार्यक्रममा जानकारी प्राप्त गर्न सकिने जनाइएको छ ।
वर्डप्रेसमा आफ्नो कौशल बृद्धि गर्न खोज्ने सिकारूदेखि सीमित घेराभन्दा बाहिर रहन खोज्ने अनुभवी विशेषज्ञका लागि समेत यो कार्यक्रम सिक्न, बढ्न र जोडिनका लागी आदर्श प्लेटफर्म हुने विश्वास लिइएको छ ।
कार्यक्रमका लागि टिकटहरू खुला भइसकेको र आवश्यक सबै तयारीहरु तीव्र रुपमा भइरहेको आयोजकको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण