सुनकोशी मरिन डाइभर्सनले ठुलो आर्थिक क्रान्तिको सम्भावना : डा. भट्टराई
काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनाको अवलोकन गरेका छन् । राष्ट्रिय गौरवको यो आयोजना अवलोकनका लागि पूर्वप्रधानमन्त्री भट्टराई बागमतीका आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठ लगायतका नेतासँग सुरुङ निर्माणस्थल पुगेका थिए ।
बिहीबार आयोजना अवलोकन गरेपछि अध्यक्ष भट्टराईले पूर्वपश्चिम बग्ने नदी डाइभर्सन गरेर तराई मधेसमा सिँचाइ गर्न सक्दा ठुलो आर्थिक क्रान्ति सम्भव हुने बताए । उनले यस्ता युगान्तकारी परियोजनालाई उच्च महत्त्व दिएर अघि बढाउनुपर्नेमा जोड दिए । ‘कालीगण्डकी, त्रिशूली, सुनकोशीजस्ता नदीको डाइभर्सन गरेर तराई मधेसमा सिँचाइ गर्न सक्दा ठुलो आर्थिक क्रान्ति सम्भव हुन सक्छ ।’ उनले भने ।

सिन्धुली र रामेछाप हुँदै बग्ने सुनकोशी नदीलाई बाँध बाँधेर तराईका पाँच जिल्लामा सिँचाइ तथा ३१.७ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य यस परियोजनाको छ । सिन्धुलीको खुर्कोटमा हेडवर्क निर्माण गरी १३२ किलोमिटर सुरुङमार्फत सुनकोशी नदीको पानी मरिन नदीको किनारमा पुर्याउने तयारी छ।
सुरुङमार्फत ल्याएको पानीलाई सिन्धुलीको कमलामाई नगरपालिका २, कुसुमटारमा रहेको मरिन नदीको किनारमा बनाइएको ६४ मिटर अग्लो हेडमा खन्याइनेछ । त्यहाँ विद्युत् उत्पादनपछि बग्ने पानी मरिन नदी हुँदै बागमतीमा पुग्नेछ ।
बागमती सिँचाइ आयोजनाबाट करिब १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने आयोजनाको लक्ष्य छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण