राज्यसत्ता लुटपाट र भ्रष्टाचारमा लागेको छ : चित्रबहादुर केसी
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति चित्रबहादुर केसीले राज्यसत्ता नै लुटपाटमा लागेको बताएका छन् ।
शुक्रबार बसेको सो समितिको बैठकमा बोल्दै सभापति केसीले राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेको बताएका हुन् । उनले कुनै पार्टी र व्यक्ति विशेषमात्र नभई सम्पूर्ण राज्यसत्ता नै लुटपाटमा सामेल भएको बताए । उनले राज्य व्यवस्था तथा सुशासन समितिमा सभापतिको निर्वाचन छिटोभन्दा छिटो हुनुपर्ने पक्षमा आफू रहेको बताए ।
सभापति केसीले समितिको बैठक बस्न नसक्नुमा आफ्नो मात्रै दोष नभएको भन्दै यसको दोष सबैले लिनुपर्ने बताए । बैठक बस्नका लागि आफूले समिति सदस्यहरुसँग छलफल गर्दा एजेण्डा छैन भनेर पन्छाइएका कारण बैठक बस्न नसकेको उनले बताए ।
सभापति केसीले आजको बैठकमा गृहमन्त्रीलाई बोलाइएको भएपनि नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकका कारण गृहमन्त्री आउन नसक्ने जानकारी आफूलाई गराएको बताए । उनले मुलुकको तस्बिर डरलाग्दो देखिएको भन्दै सबैले जिम्मेवार भएर सडक, सदन र समितिमा गम्भीर रूपले अगाडी जानुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण