सुर्खेतमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
शुक्रबार, १९ साउन २०८०, १५ : ५५

सुर्खेत । सुर्खेतमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिकोटको महावै गाउँपालिका–७ का २३ वर्षीय कृष्ण शाही र शुभकालिका गाउँपालिका– ३ का २३ वर्षीय बिमोचन विष्ट छन् ।
शुक्रबार कर्णाली प्रदेश ०२००२ प १९७७ नम्बरको मोटरसाइकलमा भुरेली भन्ने स्थानबाट वीरेन्द्रनगर आउँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल अनियन्त्रित भएर विद्युतको पोलमा ठोक्किएको थियो । दुर्घटनामा घाइते उनीहरुको उपचारका क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो । दुर्घटनामा मृत्यु भएका शाही मोटरसाइकल चालक हुन् ।
मोटरसाइकलमै सवार खाँडाचक्र नगरपालिका–५ कालिकोटका १९ वर्षीय प्रकाश कठायत घाइते छन् । उनी उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
चक्रपथ दोस्रो खण्ड विस्तारमा अझै समय लाग्ने, सर्भे गर्दै चिनियाँ टोली
-
गर्मीमा कहिले र कसरी लगाउने सनस्क्रिन क्रिम ?
-
गाजामा बलजफ्ती कब्जा गर्ने नेतन्याहूको योजना, हमासविरुद्ध सैन्य आक्रमणको प्रस्तावमा सुरक्षा परिषदको अनुमति
-
संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
कटान नियन्त्रण नहुँदा सुरौदी खोला जलाधार क्षेत्रका स्थानीय मारमा