इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु
इलाम । इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो । विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए ।
उनले पहिलो चरणमा पाँच सय थान परिचयपत्र आएकाले सोही वितरण गर्न सुरु गरिएको हो । जिल्लाबाट फारम भरी पेस भए पनि पहिलो चरणमा पाँच सय राष्ट्रिय परिचयपत्र तयार भएर जिल्लामा आएको उनले बताए । उनका अनुसार अरू अब क्रमशः आउनेछ ।
यो परिचयपत्र लिन व्यक्ति स्वयम् आउनुपर्ने हुन्छ । प्रशासनले ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले परिचयपत्र लिन आफै आउनुपर्ने जनाएको छ ।
कार्यालयमा एक हजार सात सय ७९ परिचयपत्र आएको भए पनि सुरुमा पाँच सय थान वितरण गरिने जनाइएको छ । जिल्ला प्रशासन कार्यालयमै आएर फोटो खिचाएको परिचयपत्र वितरण गरिने प्रशासनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण