बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु

शुक्रबार, १९ साउन २०८०, १७ : ५३
शुक्रबार, १९ साउन २०८०

इलाम । इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ ।  जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो । विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए ।

उनले पहिलो चरणमा पाँच सय थान परिचयपत्र आएकाले सोही वितरण गर्न सुरु गरिएको हो । जिल्लाबाट फारम भरी पेस भए पनि पहिलो चरणमा पाँच सय राष्ट्रिय परिचयपत्र तयार भएर जिल्लामा आएको उनले बताए । उनका अनुसार अरू अब क्रमशः आउनेछ । 

यो परिचयपत्र लिन व्यक्ति स्वयम् आउनुपर्ने हुन्छ । प्रशासनले ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले परिचयपत्र लिन आफै आउनुपर्ने जनाएको छ ।

कार्यालयमा एक हजार सात सय ७९ परिचयपत्र आएको भए पनि सुरुमा पाँच सय थान वितरण गरिने जनाइएको छ । जिल्ला प्रशासन कार्यालयमै आएर फोटो खिचाएको परिचयपत्र वितरण गरिने प्रशासनले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप