आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

थाइल्यान्डमा रेल दुर्घटना, ८ जनाको मृत्यु

शनिबार, २० साउन २०८०, ०६ : ३९
शनिबार, २० साउन २०८०

बैंकक । थाइल्यान्डमा भएको रेल दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार मालगाडी ट्र्याक क्रस गरिरहेको पिकअप ट्रकसँग ठोक्किएको थियो । 

यस दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार मृत्यु हुनेमा तीन महिला र पाँच पुरुष रहेका छन् ।

थाइल्याण्डको चाचाङसाओ प्रान्तमा शुक्रबार दिउँसो रेलवे ट्र्याकहरू पार गर्ने क्रममा मालगाडीले ट्रकलाई ठक्कर दिएको सरकारी रेलवेले जनाएको छ। दुर्घटनामा घाइते एक जनाको अवस्था गम्भीर रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप