बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय
माओवादी केन्द्रीय समिति बैठक

पार्टी एक ढिक्का भयो भन्ने सबैलाई  महसुस भयो :  प्रचण्ड

शनिबार, २० साउन २०८०, १९ : २७
शनिबार, २० साउन २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाद, विवाद र संवादमा केन्द्रीय समिति बैठक टुंगिने बताएका छन् । 

शनिवार साँझ बैठकस्थलबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले लोकतन्त्र वा जनवाद जे भने पनि धेरै ठुलो अभ्यास भएको बताए । उनले बैठकपछि पार्टी एक ढिक्का भएको महसुस सबैले गरेको बताए । 

‘यो बैठकपछि पार्टी एक ढिक्का भयो भन्ने महसुस सबैलाई भएको छ । वाद, विवाद र संवादमा यो बैठक टुंगिदैछ’, प्रचण्डको भनाई छ ।  माओवादी नेतृ रेखा शर्माले माओवादी बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम लगभग सकिएको बताइन् । 

‘नेताहरूले बोल्ने क्रम लगभग सकियो, आज ७४ जनाले बोल्नुभयो, उनले भनिन्, ‘बोल्ने धेरैजसो नेताले मूलभूत रूपमा पार्टी अध्यक्षको डकुमेन्टको मूल स्प्रिटमा सहमति जनाउनुभएको छ, सरकारका कामलाई धन्यवाद दिनुभएको छ र पार्टी निर्माणमा ठोस अवधारणा आउनुपर्‍यो भन्नुभएको छ । 

उनले अब सबै नेता कार्यकर्ता पार्टी निर्माणको महाअभियानमा जानुपर्ने र त्यसरी जाँदा ठोस र मूर्त कार्य योजना लिएर जानुपर्ने मत बलियो रहेको बताइन् । 

उपाध्यक्ष कृष्णबहादुर महराले पार्टीको नेतृत्वमा अध्यक्ष प्रचण्ड निर्विकल्प भएको नेताहरूको धारणा आएको बताए । उनले भ्रष्टाचारका फाइलहरू खोतल्दै जानुपर्ने र दोषी भए सजायको भागी हुनुपर्ने बताए । ‘भ्रष्टाचारका फाइल खोल्दै जानुपर्छ, दोषी भए कारबाहीको भागी हुनुपर्छ’, महराको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप