इटालीमा डुंगा दुर्घटना हुँदा कम्तीमा ३० आप्रवासी बेपत्ता
रोम । इटालीको लाम्पेडुसा टापुमा दुई वटा डुंगा एक आपसमा ठोक्किएर भएको दुर्घटनामा कम्तीमा ३० जना आप्रवासी बेपत्ता भएको संयुक्त राष्ट्रसंघीय आप्रवासन निकायले आइतबार जनाएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का अनुसार एउटा डुंगामा सवार करिब २८ जना समुन्द्रमा हराइरहेका छन् भने अर्को डुंगामा सवार तीन जना बेपत्ता भएका छन् ।
ट्युनिसियाको स्फ्याक्सबाट बिहीबार छ्टेका दुवै डुंगा फलामका थिए ।
आइओएमका सांस्कृतिक मध्यस्थताकर्ताहरूले जीवित व्यक्तिहरूसँग कुरा गरेपछि ‘कम्तीमा ३० जना हराइरहेको’ विश्वास गरेको प्रेस अधिकारी फ्लाभियो डि जियाकोमोले एएफपीलाई बताए ।
इटालीको सिसिली टापुको एग्रीजेन्टोमा जहाज दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।
एग्रिजेन्टोका प्रहरी प्रमुख इमानुएल रिसिफारीले मानव तस्करलाई समुद्र खराब मौसमको पूर्वानुमानबारे जारी सूचना थाहा भएपनि उनीहरूले सुरक्षा अधिकारीलाई झुक्याउन समुद्रको यात्रा गर्न लगाएको बताए ।
उनले इटालियन सञ्चारमाध्यमसँग भने, “यो समुद्रबाट यात्रा गर्न जसले अनुमति दिन्छ वा जबरजस्ती गर्छ, त्यो बेइमान, अपराधी वा पागल हो ।”
आगामी केही दिन मौसमको प्रतिकूलताका कारण अशान्त समुद्रको पूर्वानुमान गरिएको छ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण