शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

आज नागढुंगास्थित रेस्क्यु टनेलको 'ब्रेक थ्रू' हुँदै

सोमबार, २२ साउन २०८०, ०७ : १०
सोमबार, २२ साउन २०८०

काठमाडौँ । बहु प्रतीक्षित नागढुंगा–नौबिसे सुरुङ मार्गको एउटा टनेलको सोमबार ‘ब्रेक थ्रू’ गरिने भएको छ । निर्माण सुरु भएको झन्डै चार वर्ष पछि ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रू’ गरिन लागिएको हो ।  

अब 'ब्रेक थु' गर्नका लागि एक मिटर मात्र ‘रेस्क्यू टनेल’को काम बाँकी रहेको सो परियोजनाले जनाएको छ । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिन लागे पछि एक मिटर मात्रै बाँकी राखिएको हो । जो आज ‘ब्रेक थ्रू’ गरिने छ । 

सो 'ब्रेक थु' हुने भएपछि आज दिउँसो भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला नागढुंगा आयोजना स्थलमा पुग्दैछन् । उनको उपस्थितिमा साे 'ब्रेक थ्रू' गरिने छ । 

यसैगरी, २.५ किलोमिटर रहेको नागढुंगा-नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेलको आज 'ब्रेक थ्रू' गरिएसँगै मुख्य टनेलको पनि चाँडै गरिनेछ । मुख्य टनेलकाे सुरुङको काम अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र अब खन्न बाँकी रहेको आयोजनाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप