ब्रायन लाराको ठाउँमा भेट्टोरी बने सनराइजर्स हैदराबादको प्रमुख प्रशिक्षक
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब सनराइजर्स हैदराबादले आफ्नो प्रमुख प्रशिक्षक परिवर्तन गरेको छ । सनराइजर्स हैदराबादले न्युजिल्यान्डका ड्यानियल भेट्टोरीलाई आफ्नो प्रमुख प्रशिक्षक बनाएको हो ।
यसअघि वेस्ट इन्डिजका चर्चित क्रिकेटर ब्रायन लारा सनराइजर्स हैदराबादको प्रमुख प्रशिक्षक थिए । ४४ वर्षीय भेट्टोरीले लाराको ठाउँ लिएका हुन् । भेट्टोरी यसअघि रोयल च्यालेन्जर्स बेंगलौरमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
भेट्टोरीले सन् २०१४ र सन् २०१८ मा रोयल च्यालेन्जर्स बेंगलौरमा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । उनले विगतमा बंगलादेशको राष्ट्रिय टोलीमा स्पिन बलिङ प्रशिक्षकको भूमिका पनि निर्वाह गरिसकेका छन् ।
यसैगरी सन् २०२१ मा उनी क्यारेबियन प्रिमियर लिग क्लब बार्बाडस रोयल्सको प्रमुख प्रशिक्षक बनेका थिए । उनले अस्ट्रेलियाको राष्ट्रिय टोलीलाई पनि स्पिन बलिङको प्रशिक्षक दिएका छन् । भेट्टोरी सनराइजर्स हैदराबादका चौथो प्रशिक्षक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण